विशेष समाचार

केहि दिन मनसुन कायमै, सतर्क रहन अनुरोध

काठमाडौं ‌। अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भने, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।” उनका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै

नेकपाको आन्तरिक विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय

काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए । एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ ।

दुई चिनियाँ सहित एक भारतीय नागरिकको शव फेला

सिन्धुपाल्चोक । मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता २० जनामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीको सुनकोसी नदी किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका १७ जनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका १४ जना, दुई भारतीय र १ चिनियाँ नागरिक

ओली सरकारमा सहभागी सबै मन्त्री पार्टी सदस्यसमेत नरहने गरी जसपाबाट निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट जनाएकाे हाे । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले निर्वाचन

शान्ति मिसनमा नेपालको ऐतिहासिक उपलब्धी

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले ऐतिहासिक उपलब्धि हात पारेको छ । शान्ति मिसनमा सेना-प्रहरीको संख्याको हिसाबले नेपाल तेस्रो स्थानमा उक्लिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ५ हजार ६ सय ८६ जना कार्यरत छन् । बंगलादेश र रुवान्डापछि नेपाल तेस्रो स्थानमा उक्लिएको हो । छिमेकी देश भारत पाँचौ स्थानमा छ । नेपालले शान्ति मिसनमा बहादुरीका साथ उत्कृष्ट काम गरेकाले राष्ट्रसंघले नेपाललाई ठूलो अवसर दिएको हो ।

दाङमा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

दाङ । दाङको घोराहीमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ बर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । सामान्ने घराएसी बिबादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्याना कुमारी चौधरीको टाउकोमा बञ्चरो प्रहार गरि सक्त घाइते

दुखमा राजनिति गरेको भन्दै मेलम्चीबासिद्धारा अनेरास्ववियुको राहत अस्वीकार

काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर सिन्धुपाल्चोकको मेलम्चीमा राहत वितरण गर्न थालेपछि स्थानीयबाँसीले लखेटेका छन् । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि केही समय  झडप समेत भएको थियोे । दुखत समयमा राजनीति गर्न खाेजेकाे भन्दै  स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् । मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका लागि  व्यानर सहित पुगेका उनीहरू र स्थानीयबासी विच अवस्था

मौसम हिमाली निर्देशित "बाँचेर पो पाइँदो रैछ दर्शन"मा बिना र मौसमको जोडी

काठमाडौं : भनिन्छ नि ; निरन्तर मिहेनत गर्‍यो भने एकदिन अवश्य सफल भइन्छ। तर यो भनाइ जोकोहीको लागि सम्भव छैन। जोकोहीले यो भनाइलाई पुर्ण दिन सक्दैनन् । यो भनाइ तिनीहरूलाई सम्भव छ, जो अनवरत रुपमा आफ्नो काम अनि भिजनमा खटिन्छन। हो, यही भनाइलाई आफ्नो जीवनमा सार्थकता दिनेहरु मध्ये एक हुन् मौसम हिमाली। झट्ट सुन्दा सामान्य लागेपनि यो नाम सांगीतिक क्षेत्रका लागि विशेष नाम हो। किनभने मौसम नेपाली सांगीतिक क्षेत्रका व्यस्त

युरोकपमा रुसको पहिलो विजयी

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेकोछ । पहिलो खेलमा बेल्जियमसँग पराजित भएको रुस दोस्रो खेलमा जित निकाल्न सफल भएको हो । बुधबार भएको दोस्रा खेलमा रुसले जित निकालेको हो । समूह चरणको दोस्रो खेलमा रुसले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  । खेलको

प्रहरीका असईमाथी कार्यलयमा जातिय दुर्व्यवहार, भएन छानबिन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झामाथि कार्यालयमा जातीय दुव्र्यवहार भएको छ । आफुलाई अभियान्ता भन्ने ज्वाला संग्रौलाको समूहले मधेसको भन्दै उनलाई कार्यालयमै दुर्व्यवहार गरेकी हुन् । उनलाई मधेसमै सरुवा गरिदिने भनेर समेत उनले धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । संग्रौलाको समूहलाई कारबाहीको माग व्यापक भएको छ । तर, त्यसतर्फ प्रहरीले कुनै चासो दिएको छैन । त्यसरी असईलाई दुव्र्यवहार हुँदा पनि महाराजगञ्ज ट्राफिक