इराकको अन्बारमा नेताहरूसहित २२ जना आईएस लडाकूको मृत्य
बग्दाद । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकू मारिएको इराकी सेनाले आइतबार जनाएको छ । इराकी काउन्टर–टेररिज्म सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको थियो । मारिएका सबै लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेका छन् । पछिल्लो