समाचार

विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक

काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमा अपलोड गरिएको ९ घण्टामै ५ लाख ४२ हजार बढी भ्युअर्स पाइसकेको छ ।  प्रत्येक वर्ष नयां तीज गीत ल्याउने माझिले यसपालीको तीजलाई पनी लक्षित गर्दै ‘आइनँ आमा यो तिजमा’ बोलको गीत गाएकी छन् । विष्णु माझीको हरेक तीज गीतमा महिलाका पीडा समेटिएको हुन्छ । जसकारण माझीका गीतको दर्शकका लागि पखाईको हुन्छ । विष्णु

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्यो,१४ जनाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खस्दा १४ जनाको मृत्यु भएको छ ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । बसमा भारतीय पर्यटक सवार रहेको जानकारी दिए । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगिसकेको उनले

धादिङमा बस दुर्घटना हॅंदा १५ जना घाइते

धादिङ : धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्ग नजिक बस दुर्घटनामा परी १५ जना घाइते भएका छन। काठमाडौंबाट पोखरा जाँदै गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन। वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ।  सो माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

बैंककमा विमान दुर्घटनाग्रस्त, विमानमा सवार सबैको मृत्यु

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।  विमान बैंकको मुख्य विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो २ः४६ बजे उडेको थियो । विमान थाइल्यान्डको पूर्वमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटमै विमानको सम्पर्क टुटेको थियो । विमान चाचोएंगसाओको बाङ्ग

दिल्लीमा अटो र ट्याक्सी चालकद्धारा क्याब सेवाविरुद्ध हडताल

नयाँदिल्ली । दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दिने हडतालको आह्वान गरेका छन् । बिहीबारदेखि सुरु भएको हडतालबाट यात्रीहरूलाई असुविधा भएको छ भने धेरै चालकले सवारी लिन अस्वीकार गरेका छन् ।एपमा आधारित क्याब सेवाहरू अवैध रूपमा सञ्चालन भइरहेको र स्थानीय चालकहरूको शोषण गरिरहेको दिल्ली अटो ट्याक्सी ट्रान्सपोर्ट कांग्रेस युनियनका उपाध्यक्ष आरएस राठौडले बताए । ‘ओला र उबर जस्ता कम्पनीहरूले

घोराहीमा सुतली बम विस्फोटमा संलग्न २ जना विद्यार्थीहरू पक्राउ

दाङ । घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ । आज बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीले बम विस्फोट गराएको आरोपमा सोही क्याम्पसका दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । किष्फोटबाट कुनै क्षति नभएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्बर–१५ का अभियान थापा र सुभम कार्की पक्राउ परेका हुन् । प्रहरीका

नीताको ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा रिलिज हुने

काठमाण्डौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ तिहार लगत्तै कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा नेपाली र भारतीय कलाकारहरुको मुख्य अभिनय रहेको छ । नेपालबाट नीता ढुंगाना,हरिहर अधिकारू,सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, रविन्द्र झा, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ, आदर्श मिश्र आदिको अभिनय रहेको छ भने भारतबाट ब्रह्मानन्दम, अली,प्रदीप

भैंसी खान गएको बाघलाई भैसीले हान्दा बाघको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरमा भैंसी गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न गोठमा आएको बाघलाई उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको हो । बाघ र भैंसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए । त्यसपछि छिमेकीहरूसहित घरधनी गोठमा पुग्दा भैंसी घाइते र बाघ मरेको अवस्थामा पाइएको थियो । घटनास्थलमा पुगेर फर्किर्एका इलाका प्रहरी कार्यालय मनहरीका सई सन्तोष चौधरीले

प्रहरीको ट्रयाकसुट ठेक्कामा डिआइजी ढकालको रजगज

काठमाण्डौं । लामो समयदेखि प्रबन्ध शाखामा रहेका डिआइजी केदार ढकालको टिमले नेपाल प्रहरीमा सिपाहीको रगत पसिनामा मनमौजी गरेको खुलेको छ ।यो तथ्य प्रहरीले गत वर्ष खरिद गरेको ६० हजार ट्रयाकसुटमा करोडौँ रुपैयाँ घोटाला भएको दाबीले पुष्टि गरेको छ ।  २०७९ मंसिर १५ मा खरिद सम्झौता गरेको ६० हजार ट्याकसुटको ठेक्का रितेश अग्रवालले पाएका थिए । त्यसमा ११ करोड २९ लाख भुक्तानी भएको स्रोतको दाबी छ । आरए इन्टरनेशनलले पोलिस्टरको कपडा

विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने

दर्शन सुनार/कतार : नेपाली रक्तदाता संघ कतारको आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । “हाम्रो बिश्वव्यापी अभियान,जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मुल नाराका साथ विश्व मानवता दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा शुक्रबार बिहान आठ बजे देखि दिउँसो एक बजे सम्म रक्तदान चल्ने संघका अध्यक्ष रामजी खत्रीले सौर्य पत्रलाई जानकारी दिए । उक्त बृहत् रक्तदान कार्यक्रममा