समाचार

संसदीय दलमा सहमति जुटाउन शेखर-गगन पक्ष छलफलमा

काठमाडौं । बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन समूहको बैठक बसिरहेको छ। यो पक्षको बैठक झण्डै तीन घण्टादेखि जारी रहेको बताइएको छ । तर, नेताहरुले बैठक स्थान खुलाएका छैनन् । नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो । सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि कुराकानी

माधव नेपाल र प्रचण्ड बीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहान चितवन पुगेका प्रचण्ड दिउँसो फर्केपछि विमानस्थलबाट सिधै कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए । प्रचण्ड र नेपालबीच एक घण्टाभन्दा बढी समय कुराकानी भएको जनाइएको छ । उनीहरूबीच नयाँ सरकार गठन लगायतका विषयमा कुरा भएको बताइएको छ । आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिने म्याद दिएर दलहरुलाई संविधानको ७६

प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् । आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका हुन् । वामपन्थी दलहरुबीच एकै ठाउँमा आउने वातावरण बनाउनका लागि एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गर्ने बताए । अहिलेको राजनीतिकलाई पुरानै बाटोमा फर्काउन पनि एमालेले त्याग गरेर भएपनि माओवादीलाई प्रधानमन्त्री

अफगानिस्तानस्थित एक सुरुङभित्र आगलागी हुँदा १९ जनाको मृत्यु

काबुल । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्याङ्कर विस्फोट भयो… म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई

केलियन एम्बाप्पेलाई गोल्डेन बुट

काठमाडौं । कतारमा सम्पन्न भएको विश्वकप फुटबल २०२२ मा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । सबैभन्दा धेरै ८ गोल गरेका उनले गोल्डेन बुट पाए । उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए । उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका

दलको नेता चुन्न रास्वपाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको नेता चयन गर्न महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो । पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै बिहान ८ बजे बधाई दिने कार्यक्रम पनि राखिएको सो पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उनले बताए । पार्टीका सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने

मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले

अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएकाे अर्जेन्टिनाले अन्तत विश्वपकप उपाधि

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

भरतपुर । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएकी सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।