समाचार

इंग्ल्यान्ड सहज जितसँगै क्वाटरफाइनलमा

काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो । ङ्ग्ल्याण्डले क्वाटरफाइनलमा

पोल्यान्डलाई ३-१ ले हराउँदै फ्रान्स क्वाटरफाइनलमा

कतार । साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को तेस्रो खेलमा फरवार्ड किलीयन एमबाप्पे चम्केपछि पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । जीतसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो । यसअघि हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका

फिफा विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल

नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ । नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको हो । १३८ रनको लक्ष्य स्टकल्यान्डले ३२.१ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो । १३८ रनको लक्ष्य पूरा गर्ने क्रममा स्कटल्यान्डका क्रिष्टोफर म्याकब्राइडले ४३ रन बनाए ।

नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

कैलाली । नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन

लुम्बिनीको शान नेपालगन्ज म्याराथनमा सिद्धार्थको साथ

नेपालगंज । यही मंसिर २४ गते शनिवार हुने आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गर्ने भएको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मुन नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेका छन् । बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ ओपरेटिङ अफिसर (सिओओ) सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपालगन्ज म्याराथनसम्बन्धी सम्पुर्ण कारोबार

सत्ता गठबन्धनको पहिलो बैठक सोमबार दिउँसो बस्दै

काठमाडौं । निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सोमबार दिउँसो ३ बजेका लागि आह्वान गरेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए । माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए । गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौं । अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए । मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।  अर्जेन्टिनाका लागि खेलको ५७औं मिनेटमा आल्भारेजले

आईसीसी विश्वकपमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गतको दोस्रो खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ । यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो । यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । घरको कम्पाउण्डमा बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए । आज बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर