मेयर बालेन साहको राजीनामा माग
काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गरेका छन् । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रतिकारमा उत्रिएका हुन् । उनहरुले खुकुरीहंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले बालेन्द्रविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।