समाचार

प्रतिनिधि सभा बैठक आज ११ बजे बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् । त्यसै गरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले

चलचित्र ‘सायरा’ घोषणा, आर्यन र सुफियाको मुख्य अभिनय

काठमाडौँ । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्र ‘सायरा’ को मंगलवार होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई  बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन्।प्रेमकथामा आधारित चलचित्रको लेखन र प्रस्तुति रघु परियारको रहेको छ चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ ।

प्रहरी एकेडेमीमा एआइजी थापाको सरुवा

काठमाडौं । नेपाल प्रहरीका एआइजी सहकुल बहादुर थापाको प्रहरी एकेडेमीमा सरुवा भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनले सरुवा गरेको हो । एआइजी थापा कार्य विभागमा कार्यरत थिए । एकेडेमीका एआइजी मुकुन्दराज आचार्यको अवकाशपछि थापाको सरुवा भएको हो । थापा केन्द्रीय सुरक्षा सेलको प्रमुख थिए । उनको सरुवापछि अब डिआइजी बसन्त कुँवरले कार्य विभागको नेतृत्व सम्हाल्ने भएका छन् ।

मतपत्र छपाइको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई

प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान , एक जना घाइते

धनुषा । धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका

कार्यालय समयमा नपुग्ने डाक्टरलाई अस्पताल प्रवेशमा रोक

नेपालगन्ज । बाँकेको खजुरामा अवस्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालले  कार्यालय समयभित्र अस्पताल नपुग्ने केही डाक्टरहरुलाई अस्पताल परिसर प्रवेशमा रोक लगाइएको छ । सोमवार भएको निर्णयलाई बेवस्था गर्दै मंगलबार अस्पतालमा ढिलोगरी पुगेका चार जना डाक्टर प्रविण गुप्ता, डा. मुकेश यादव, डा.आचल शाही, डा.नम्रता भट्टराई, स्टाफ नर्स रन्जिता ढुङ्गाना लगायत स्वास्थ्यकर्मिलाई शुरक्षागार्डले कार्यालय समयभन्दा ढिला गरी पुगेको भन्दै प्रवेशमा रोक लगाएका हुन् । शुरक्षा गार्डले अस्पताल परिसरमा प्रवेशमा रोक लगाएपछि डाक्टर

विष सेवनबाट पाल्पामा एकको मृत्यु

पाल्पा । रिब्दीकोट गाउँपालिका-५ देविडांडाका मेखबहादुर खड्काको विष सेवनबाट मृत्यु भएको छ । उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्काकाे पाल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कतारसँग नेपाल पराजित

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाली युथ टोलीले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो । दोस्रो हाफमा एक गोल खाँदा नेपालले एक

चिनियाँ सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेता भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन् । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेट्ने कार्यक्रम छ । ३ दिने नेपाल भ्रमणका लागि ली सोमबार नेपाल आएका हुन् ।

भाइरल ज्वरोका बिरामी बढेसंगै विद्यालय बन्द

बलेवा । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिइन् । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ । ‘बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी