आज हरितालिका तीज, महिलालाई बिदा
काठमाडौं । आज हरितालिका तीज पर्व हर्षाेल्लासका साथ मनाइँदैछ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । यद्यपि, तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । आजका दिन