समाचार

कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा

काठमाडौं । वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने अल ताक्वेत ओभरसिजमा विभागले छापा मारेको हो । अल मेनपावरबाट विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो । अल मेनपावरले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा

भरतपुर आँखा अस्पतालद्धारा आँखाका ३५ नानी संकलन

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । अस्पतालले विसं २०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो ।   कार्यक्रम हेर्दै आएका छायाँ श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनका अनुसार आँखा दानका लागि ८४१ जनाले

सातै प्रदेश सरकारको फाइल अख्तियारमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला वर्ष स्थानीय तहका भ्रष्टाचारमाथिको छानबिनलाई तिव्रता दियो । विशेष टिम नै बनाएर विभिन्न स्थानीय तहमा छापा हानियो । उजुरी पनि अत्याधिक स्थानीय तहकै पर्ने भएकाले त्यसमा आयोग केन्द्रीत भएको थियो । जसअनुसार धेरै मेयर र गाउँपालिका अध्यक्षसहितका कर्मचारीविरुद्ध मुद्दा दायर भयो । देशमा प्रदेश सरकार बनेको पनि करिब पाँच वर्ष हुन लागेको छ । प्रदेश सरकारमा पनि भ्रष्टाचार व्याप्त छ । सबैतिर गठबन्धन

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । बाइसधारास्थित जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले बताए । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेकाे एसपी राठौरले जानकारी दिए । काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ। अर्को ललितपुरको पनि दमकल त्यहाँ जाँदै छ। उनका अनुसार आगो के कसरी लागेको हो भन्ने खुलिसकेको छैन। आगलागीको थप विवरण आउन बाँकी छ ।

प्रचण्डले चितवनबाटै निर्वाचन लड्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर तीनबाटै निर्वाचन लड्ने बताएका छन् । जापान भ्रमणमा रहेको प्रचण्डले पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४-५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि

नागरिकता विधेयक फिर्ता हुन सक्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन् । नागरिकताविहीन संघर्ष समितिका इन्द्रजित साफी सहितको टोलीसँगको भेटमा उपराष्ट्रपतिले भने, ‘राष्ट्रपतिले विधेयक फिर्ता गर्ने कुरा हामीलाई पनि लागिराखेको छ तर सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले राष्ट्रपतिले फिर्ता पठाए पनि छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्‍याउँछौं ।’

प्रहरीका एक सय ३१ डिएसपीको सरुवा, ३४ जनाको पदस्थापन

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल प्रहरीका डिएसपीको सरुवा मंगलबार भएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एक सय ३१ जना डिएसपीको सरुवा गरी गत साता बढुवा भएका ३४ जनाको पदस्थापन गरेको हो । लिंकमा क्लिक गर्नुहोस । www.nepalpolice.gov.np

बांकेमा मोहर्रमको अवसरमा सार्वजनिक बिदा

बाँके । बाँकेका २ पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा सार्वजनिक बिदा दिएका छन् । नरैनापुर र जानकी गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएका हुन् । नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिए । सोमबार बसेको कार्यपालिकाको बैठकले मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकीका अध्यक्ष छब्बन

प्रहरीमा राजनीतिक हस्तक्षेप,  डिएसपीको पदस्थापन हुन सकेन

काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप र सरुवा–बढुवामा आर्थिक चलखेलले सीमा नाघेको छ । कतिसम्म भने बढुवा भएको पाँच दिनसम्म डिएसपीको पदस्थापन समेत हुन सकेको छैन । गत बिहीबार ३४ इन्सपेक्टरको बढुवाको निर्णय भएको थियो । शुक्रबार उनीहरुले दज्र्यान्ही चिन्ह समेत लगाइसकेका छन् । तर, जिम्मेवारी नपाउँदा दज्र्यान्ही चिन्ह लगाएर कार्यालय जान समेत पाएका छैनन् । विगतमा बढुवा भएकै दिन पदस्थापन हुन्थ्यो । नत्र दज्र्यान्ही चिन्ह लगाएको दिन पदस्थापन गरिन्थ्यो

गाजा-इजरायल युद्धमा ५१ जनाको मृत्यु

एजेन्सी । इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादी समूहसँग संलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ । यसैबीच पछिल्लो विवरणअनुसार युद्धविराम गर्ने सहमति भएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको