एमाले गण्डकी प्रदेश सदस्य माओवादी केन्द्रमा प्रवेश
बागलुङ । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उनीहरुले बताएका छन् । ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र