समाचार

अवरुद्ध कर्णाली राजमार्ग पुन: सञ्चालन

कालीकोट । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालिकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो । कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु  भएको जिल्ला 

ट्याक्टर दुर्घटनामा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । गुल्मीको तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो । दुर्घटनामा ट्याक्टर चालक गुल्मीको

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा आवतजावत ठप्प

दैलेख । भारी वर्षाको कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो । गएरातिदेखी कर्णालीमा भारी वर्षा हुंदा आएको बाढी र पहिरोले दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।दहीखोला र कालिखोलाबाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पनि ५ स्थानमा सडक अवरुद्ध

कतारमा 'लोक दोहोरी धमाका २०२४' आयोजना हुँदै

दर्शन सुनार/कतार : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले गर्ने ‘लोक दोहोरी धमाका २०२४’ मा लोक सम्राट राजु परियार आउने भएका छन ।संस्थाको ७ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले वृहत् कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी १२ जुलाईमा ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने मुल नाराका साथ गर्न लागिएको कार्यक्रमा लोकप्रिय गायक तथा लोक सम्राट राजु परियार कतार आउन लागेको प्रतिष्ठान शाखा

एसईईमा १८६ विद्यार्थीले ल्याए ४ जीपीए

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । जसअनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा एसईई दिएकामध्ये ५२.१४ प्रतिशत विद्यार्थीहरू ननग्रेडेड भएका छन् । ननग्रेडेड भएका २ लाख ४२ हजार ९२ ले कक्षा ११ मा पढ्न नपाउने भएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विधार्थीमात्रै उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने

लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता

लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी,

आगामी शुक्रबार गगन थापा कतार आउँदै

दर्शन सुनार/कतार : नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा आगामी शुक्रबार कतार आउँदै छन् । नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको १७ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न उनी कतार आउन लागेका हुन् । अघिल्लो वर्षदेखि नै सुरु भएको जनतासँग नेपाली कांग्रेस कार्यक्रमको नेतृत्व गरिरहेका गगन विभिन्न समयमा देश तथा विदेशको भ्रमण गरिरहेका छन् । नेपाली कांग्रेसको भावी नेतृत्व, भावी कार्यदिशा युवाहरूको काँधमा आउनुपर्छ भन्दै आफूलगायत केही युवा

प्राबिधिक कारणले ‘आँखा’ को प्रदर्शन रोकियो

काठमाण्डौं । असारको १४ गते शुक्रबारदेखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’ तोकिएको समयमा प्रदर्शन नहुनेभएको छ । जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको केही प्राविधिक कारण देखाउँदै निर्माण टिमले असार १४ गते पोस्टपोन्ड गरेको हो । रिलिज हुने नयां मिति एक सातामा फाइनल गरिने निर्देशक योञ्जनका बताए ।  लामा सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा र लगानी रहेको छ ।  सामाजिक कथामा निर्माण गरिएको चलचित्रमा

एक साताभित्र एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । २ दिन जति प्रोसेसिङका