समाचार

पराजय अन्तिम र मृत्यु होइन : मुख्य शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको आन्तरिक चुनावमा पराजित भएपछि पराजय अन्तिम र मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहान्त्रीमा उम्मेदवारी दिएका शाही पराजित भएसँगै पदबाट राजीनामा दिन्छन् वा के गर्छन् भन्ने सवाल उठिरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन् । निर्वाचनको परिणाम आउनुअघि मुख्यमन्त्री शाहीले ‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ’ भनेका थिए । तर, उनी शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्

काठमाडौँ–बहराइन सिधा उडानबारे छलफल

काठमाडौं । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ । बिएसी भवनमा आज भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत

पार्टी सभापतिमा निर्वाचित गराए कांग्रेसलाई सबै ठाउँमा जिताउछु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने विश्वास व्यक्त गरेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा लुम्बिनी प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन पनि सभापतिमा जित्नैपर्ने बताए । ‘प्रजातन्त्रलाई बचाउनु पर्नेछ, त्यसैले अहिले पार्टी सभापतिमा जिते भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउने छु । सभापति जितेमा सरकारलाई पनि हाँकेर

दाङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु २० जना घाइते

दाङ । दाङको तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङले दुईजनाको घटनास्थलमा र अर्का एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४८ बर्षिय प्रेम प्रकाश शर्मा सोही ठाउँकी ४८ बर्षीय साउती घर्ती र २५ बर्षीय लालमति खड्का रहेका छन् । आइतबार बेलुका ४

स्रोत नखुलेको १८ लाख सहित वीरगञ्जबाट दुई जना पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता पक्राउ परेका हुन् । आईतबार दिउँसो ३ बजे वीरगञ्ज–८ घण्टाघर स्थित सडकखण्डबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना. १६ प. ५४४६ नम्बरको मोटरसाइकलमा सवार चन्दनले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख फेला परेको प्रहरीले जनाएको

उच्च अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ । आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ । यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ । साताको पहिलो दिन नै सेयर

प्रहरी बढुवामा तक्माको अंक हट्यो

काठमाडौं । नेपाल प्रहरीमा अब कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गर्दै बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती गरेको हो । नयाँ नियममा बढुवाका प्रतिस्पर्धीमध्ये वरीयताक्रममा अगाडि रहेका उम्मेदवारलाई २ नम्बर स्वतः दिने व्यवस्था गरिएको छ । यसअघि बढुवामा नम्बर जोडिने भएकाले तक्मा पाउन प्रहरी कर्मचारीमा शक्तिकेन्द्र धाउने चलन थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा नपरे पनि सत्ता र शक्तिसँग पहुँच भएका प्रहरी कर्मचारीले हरेक

आगामी आमनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको विजयी हुन्छ: मन्त्री आले

ओखलढुंगा । नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी सबै जिल्लामा विजयी हुने दाबी गरेका छन् । ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेंसी बाला चतुर्दशी मेला महोत्सवको शुक्रबार उद्घाटन गर्दै आलेले यस्तो बताएका हुन् । ‘आगामी निर्वाचनमा हाम्रो पार्टीले चुनाव जितेर देखाउँछ । वर्तमान सत्ता गठबन्धन चुनाव पछिसम्म रहन्छ,’ उनले भने, ‘हाम्रो पार्टीले सबै जिल्लामा जित हासिल गर्छ । म आफैं पनि चुनाव जितेर देखाउँछु ।’ सांस्कृतिक पर्यटन

प्रहरी नियमावली संशोधन, थपिएका नयाँ पदमा बढुवाको गृहकार्य सुरु

काठमाडौं ।  प्रहरी नियमावली संशोधन भएसँगै प्रहरी प्रधान कार्यालयले थपिएका नयाँ पदमा बढुवाको गृहकार्य थालेका छ । ती पदमा पूर्णरुपमा ज्येष्ठताको आधारमा बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । संशोधित नियमावलीअनुसार नायब निरीक्षक(सइ)को २५ प्रतिशत दरबन्दी वरिष्ठ नायब निरीक्षकमा रुपान्तरण हुनेछ । नेपाल प्रहरीमा सइको तीन हजार नौ सय २८ दरबन्दी छन् । जसअनुसार अहिले ज्येष्ठताक्रममा रहेका नौ सय ८२ जना वरिष्ठ सइमा रुपान्तरण हुने र ज्येष्ठ सइहरु त्यसमा

नेकपा एमालेको स्थायी कमिटी बेठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बेठक आज बस्दैछ । सोमबार बोलाइएको बैठक आज (मंगलबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज विहान ११ बजेका लागि सारिएको हो । यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने जानकारी दिए