समाचार

न्यायालय बारेमा गठबन्धनको साझा धारणा छिट्टै आउछ : प्रचण्ड

भोजपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । माओवादी केन्द्र भोजपुरले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।’ अहिलेको पाँचदलीय गठबन्धन

प्रचण्डको सचिवालय हेरफेर, स्वकीय सचिवमा मल्ल चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हेरफेर गरिएको छ । हालै बसेको स्थायी कमिटी बैठकले प्रचण्डको सचिवालय हेरफेर गर्ने निर्णय गरेको हो । प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल चयन भएका छन्।उनी अनेरास्ववियु (क्रान्तिकारी) का पूर्वअध्यक्ष हुन् । प्रमुख स्वकीय सचिवमा रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह-इन्चार्जको जिम्मेवारी दिइएको छ।

प्रधानन्यायाधीशलाई अदालत परिसरमा प्रवेश गर्न नदिने बारको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएशनले प्रवेश गर्न नदिने भएको छ । बारले सर्वोच्च परिसरमा विहिबार भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको जनाएको छ । सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्तिमार्फत निर्देशन दिएका छन् । बारले प्रधानन्यायाधीशको विरोधमा थप

कांग्रेस नेता पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् । पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेका अनुसार बैठक आज दिउँसो बस्दैछ । केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको पौडेल पक्षले जनाएको छ । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए ।

रेडियो नेपालले विभिन्न पदमा ३९ जना कर्मचारी माग्यो

काठमाडौं । रेडियो नेपालमा इन्जिनियरदेखि संवाददातासम्म जागिर खुलेको छ । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको छ । विज्ञापन प्रकाशित भएको मिति कात्तिक २६ गतेदेखि २१ दिनभित्र दरखास्त बुझाउन

एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक आज (शुक्रबार) बस्दैछ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको हो । स्थायी कमिटीको आठौं बैठकले २७/२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड

बागमती प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । गठबन्धनको तर्फबाट गत कात्तिक ११ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश

प्रधानन्यायाधीश राणाद्धारा तीन महिनापछि राजीनामा दिने प्रस्ताव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तीन महिनापछि आफु विदा बस्ने र राजीनामा दिने प्रस्ताव अघि सारेका छन् । आफुविरुद्ध सर्वाेच्चका न्यायाधीश तथा कानून व्यवसायीले गरिरहेको आन्दोलनलनाई मत्थर पार्न उनले यस्तो प्रस्ताव गरेका हुन् । आन्दोलनरत सर्वाैच्चका न्यायाधीशका प्रतिनिधिसँग छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेको स्रोत बताउँछ । अहिलेको आन्दोलनलाई तत्काल कमजोर बनाउने रणनीतिअनुसार उनले यस्तो प्रस्ताव गरेका हुन् । आफुलाई सम्मानजनक बर्हिगमनको अवसर दिन राणाले आग्रह गरेको एक न्यायाधीशले बताए

अमेरिकी सहयोग परियोजना अन्योलमा

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ । स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए । देउवाको भनाइ सार्वजनिक भएलगत्तै दाहालले एमसिसी परियोजना पास गर्ने भनेर कुनै

छठसंगै बजार भाउ महँगियो

धनुषा । छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरु बताउँछन् । जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताए । अरु बेला रु पाँच गोटाले पाउने कागती अहिले रु २० गोटाभन्दा कममा पाउन मुश्किल भएको उनको भनाई थियो । छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा बर्तालुको भीड निकै बढेको छ । छठ पर्वमा