समाचार

जुम्लामै स्याउको मुल्य १ सय ५१ रुपैयाँ

काठमाडौं । एक दशक अघि सम्म जुम्लाको मुल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँ सम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो । स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो । जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे । अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो । माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो। स्याउ कुहिन्थ्यो । बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो । तर कर्णाली राजमार्गको

चीनले नेपाललाई दश लाख मात्रा खोप अनुदान दिने

काठमाडौं । चीन सरकारले कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदान सहयोग गर्ने बताएकी हुन् । भेटवार्तामा सिनोभ्याक खोप नेपाल ल्याउनेबारे छलफल भएको थियो । यस्तै चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ । चीन सरकारले कोरोना महामारीको

लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नाराबाजी, बैठक ४ बजेसम्म स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ । बुधबार बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले विमला वली र अजय शाहीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका हुन् । बैठकको सुरुमै एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पार्टीले कारबाही गरेका सांसदद्वय वली र शाहीलाई सभामुखले तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका थिए । बैठकमा मुख्यमन्त्रीको तर्फबाट मन्त्री डिल्लीबहादुर चौधरीले वनसम्बन्धी विद्येयक र प्रदेशको नाम सुधार

चितवन टाइगर्स इपिएल फाइनलमा

काठमाडौं । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र

माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टीका स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार आजको बैठकमा सरकारमा जाने थप मन्त्रीको नाम टुंगो लगाउने भएको छ । साथै, समसामयिक राजनीति विषयमा छलफल हुने भएको छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । अब माओवादीले बढीमा चार

प्रदेश २ र लुम्बिनीका प्रहरी प्रमुख छानवीनमा

काठमाडौं । नेपाल प्रहरीमा सर्वत्र अनियमितता बढेको छ । स्वच्छ छविका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समेत यस्तो अनियमितता रोक्न सकेका छैनन् । प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशमा अनियमिता बढेको अत्याधिक उजुरी आएपछि त्यहाँ प्रहरी प्रधान कार्यालयले छानबिन टोली पठाएको छ । गोप्य टोली भनिएपनि त्यसबारे पहिले नै सूचना चुहिएकाले त्यस्तो टोलीले घुम्ने बाहेक केही पत्ता लगाउन सकेन । प्रदेश नम्बर २ मा एसएसएसपी भीम ढकाल तथा लुम्बिनीका टेकप्रसाद

ठगी मुद्दामा कानून व्यवसायी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । भरतपुर महानगरपालिका–३ बस्ने ४१

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

काठमाडौं । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ । थुनामा रहेका प्रतिवादी छुटाउन उनका आफन्तबाट र थुनामा रहेकासमेतसँग गरी पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनुपर्छ भन्दै झुटो

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए । “धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान

चुडामणि शर्मा ५० लाख धरौटीमा रिहा

काठमाडौं । तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएको छन् । सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उनी धरौटी छुटेका हुन् । उनी अदालतले मागेको धरौटी बुझाएर रिहा हुने तयारीमा छन् । धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट