समाचार

चौथो मगर भूम्या पर्व कतारमा भव्य तरिकाले मनाईयो

दर्शन सुनार/कतार : “नेपाल मगर साँस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारले चौथो मगर भूम्या पर्व  २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष ओम थापा मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार

सेवा-झोर्ले सार्वजनिक

काठमाडौं । सेवा(झोर्ले) गीत सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत सङ्कलन विजय मगरले नै गरेका हुन् । पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्जरमिक्सिङरमास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो । गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् । भिडिओ निर्देशनको काम विजय मगरले

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

काठमाडौं । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध नेपाल एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । याे हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । शनिबार बिहान वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९

रोल्पा जलजला सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : रोल्पा जलजला सेवा समाज कतारले विविध सांस्कृतिक कार्यक्रम गर्नेभएको छ। ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको अवसर पारेर जलजला सेवा समाजले यही जुन १८ तारिकमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो। ‘तराई, पहाड, हिमाल हामी सबै नेपाली,सहयोगमा प्रतिबद्ध हामी रोल्पाली” भन्ने मुल नाराका साथरोल्पा जलजला सेवा समाज कतारको आयोजना तथा जलजला सहकारी बचत कोषको सह- आयोजनामा कतार तथा गृह जिल्ला रोल्पामा आपतकालीन सहयोगार्थ अक्षयकोषको लागि कार्यक्रमको

पहिरोले ताप्लेजुङमा एकै परिवारका चारजनाको मृत्य

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका बताए । यस्तै, ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते रहेको उनले बताए । बुधबार रातिदेखिको

चौथो मगर भूम्या पर्वको तयारी पूरा, हास्य कलाकार खबपु कतार आईपुगे

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारको आयोजनामा हुन लागेको “चौथो मगर भूम्या कार्यक्रम २०२४” मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार कतार आईपुगेका छन । शुक्रबार अल लक्ताको टयुनिसियन स्कुलको सभाहलमा बिहान १० बजे देखि सुरु हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपालबाट चर्चित हास्य कलाकार खड्क बहादुर पुन {खबपु} चंचल कतार आईपुगेका हुन । आमन्त्रित कलाकारलाई स्वागत गर्न सघंका अध्यक्ष

काठमाण्डौं जादै गरेको बस रुपन्देहीको सैना मैनामा दुर्घटना, ४३ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा बस दुर्घटना हुँदा  ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए। घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु

एजेन्सी । मलावीका उपराष्ट्रपति सालोस चीलीमाको विमान दुर्घटनामा मृत्यु भएको छ । उपराष्ट्रपति चीलीमासहित ९ जनाको विमान दुर्घटनामा मृत्यु भएको हो । चीलीमासहित विमानमा सवार कोही पनि जिवित नभेटेको मलावीका राष्ट्रपति लजारस चकवेराले पुष्टि गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार चीलीमा सवार विमान उडान भरेको केही बेरमै सम्पर्कबिहीन भएको थियो । विमानमा उपराष्ट्रपतिसहित अन्य ९ जना सवार थिए । विमानमा सवार कोही पनि जिवित फेला नपरेको बताइएको छ ।

गोर्खा सेवा समाज कतारले वृहत् सांस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : “तन मन, वचन र कर्मले सेवा गरौ” भन्ने मुल नाराका साथ गोरखा सेवा समाज कतारको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको पावन अवसर पारेर (जुन 17) तारिक सोमबारका दिन  गोरखा सेवा समाज कतारको आयोजनामा ईद धमका २०२४ हुने भएको हो । गृह जिल्ला गोरखा शाखाको मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थ गर्ने उद्धेश्यले आयोजना गरिएको बृहत् सांस्कृतिक कार्यक्रममा

मोटरसाइकल दुर्घटनामा दुई प्रहरीको मृत्यु

सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी धनुषा कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कुमार ठाकुर र तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै प्रहरी चौकीतर्फ फर्कने क्रममा प्रहरी