नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ’, झाँक्रीले भनिन्, नियमावली अुनसार अब उहाँले ‘दलको प्रमुख सचेतक र सचेतक तोक्नुहुन्छ ।’