समाचार

दूध बिक्री गर्ने कृषकलाई १८ लाख अनुदान

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए।सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त

महन्थ ठाकुरसहित १६ जना साधारण सदस्य मात्रै रहने

काठमाडौं । आफूलाई जनाता समाजवादी पार्टी (जसपा)का अध्यक्ष दावी गर्ने महन्थ ठाकुरसहित १६ जना अब साधारण सदस्य मात्रै रहने भएका छन् । ठाकुर पक्षलाई निकाल्ने जसपाको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । योसँगै ठाकुर पक्षमा रहेका १६ जना जसपाका साधारण सदस्य मात्रै रहने भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपाको निर्णयलाई अद्यावधिक गरिएको जानकारी दिए । उनले भने, ‘दफा ५१ बमोजिम हेरफेर अद्यावधिक गरिएको हो । ५१

दुर्गेशले 'बिच्चमा बिच्चमा ५' ल्याउदै

काठमाडाैं । विवादकाबीच माेडल दुर्गेश थापाले ‘बिच्चमा बिच्चमा ५’ ल्याउने भएका छन् । ‘बिच्च बिच्चमा ४’ लाई लिएर चाैतर्फी आलाेचना भइरहेका बेला दुर्गेशले ‘बिच्चमा बिच्चमा ५’ ल्याउन लागेका हुन् । यसबारे पउल शाहले शुक्रबार राति फेसबुकमार्फत जानकारी गराएका छन् । उनकाे अभिनय रहेकाे भिडियाे चाँडै आउने जनाइएकाे छ । बसन्त थापा र दुर्गेशले स्वर दिएकाे गीतमा दुर्गेशकै शब्द तथा संगीत रहेकाे छ ।

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेमा रातिदेखि आगलागी भएको हो । प्रहरी वृत्त बालाजुले औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको जानकारी दिएको छ । प्रहरीका अनुसार शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको हो । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीको भनाई छ । आगलागनी निभयान नसकिएकाले क्षतिको विवरण पनि आइसकेको

प्रदेश प्रहरी प्रमुखहरुलाई प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएका छन् । उनले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न आग्रह गरेका छन् । सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरूप प्रहरी कार्यालयका प्रमुखहरूले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उनको जोड थियो । प्रहरी प्रधान कार्यालयमार्फत भर्चुलरूपमा आज आयोजित समारोहमा प्रहरी

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, आज बैठक बस्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले परीक्षा स्थगन गर्न सिफारिस गरेको हो । परीक्ष स्थगित गर्ने नगर्ने भन्नेबारे निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले आज (शनिबार) बैठक बोलाएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गर्न

काठमाडौँबाट पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का

यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच, दुई प्रहरी नियन्त्रणमा

काठमाडौं ।  नेपाल प्रहरीमा यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच भएको छ । प्रहरी प्रधान कार्यालयले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ भने दर्जन अधिकारीमाथि छानबिन अघि बढाएको छ । युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बमले प्रश्नपत्र चोरी गरेको खुलेको छ । उनले हवल्दार कुमार शाहलाई एक लाखमा बिक्रि गरेका थिए । शाह पहिला यूएन शाखामै काम गरेका प्रहरी हुन् । उनले थप प्रहरीलाई बिक्रि गरेका थिए । हवल्दार शाह

जापानले दिने खोप शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौं स्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको एस्ट्राजेनेकाको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त

जीप दुर्घटनामा परी गुल्मीमा ५ जना घाइते

काठमाडौं । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती–४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया