विशेष समाचार

असईको कमाण्डमा खटियो दार्चुलाको तिकंरमा प्रहरी टोली

दार्चुला । नेपाल प्रहरीको टोली दार्चुलाको उत्तरी नाका तिङ्करमा खटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने उत्तरी नाका तिङ्करमा प्रहरी टोली खटिएको हो । प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली उत्तरी नाका तिङ्करमा खटिएको दार्चुला प्रहरीले जनाएको छ । भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली गएको बिहीवार नै तिङ्कर नाकातर्फ पठाएको थियो ।

सहकारी प्रकरणमा छानबिन समिति बन्ने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो ।  बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर)बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश (टीओआर)बारे पनि भोलिसम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित

पौडी खेल्न गएका २ युवकको डुबेर मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका २ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो । ६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका

कतारमा पत्रकार तिलु शर्मा सम्मानित

दर्शन सुनार/कतार : लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै पत्रकारितामा सक्रिय पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन्। सद्भाव युवा समाज कतारले पत्रकार शर्मालाई खादा, नेपाली टोपी, कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो। बिहीबार सद्भाव युवा समाजको १६ औं वार्षिकोत्सब थियो। सोही अवसरमा समाजले कतारको नज्मा स्थित एक रेष्टुरेन्टमा भव्य कार्यक्रमको आयोजना समेत गरेको थियो। सद्भाव युवा समाज लगायत कतारका हरेक गतिविधिलाई समाचारको माध्यमबाट बाहिर ल्याएर अतुलनीय योगदान पुर्‍याएको भन्दै पत्रकार

फेरीए तीन जिल्लाका सीडीओ

काठमाडौं । तीन जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार तीन जिल्लाका प्रजिअहरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका हुन् । जसमा बागलुङमा कार्यरत खगेन्द्रप्रसाद रिजाललाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रमुख जिल्ला अधिकारीमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।

संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकमा राप्रपाले संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्न पाउनु पर्ने बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पार्टीका तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेको बताए । यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको

मलामी बोकेको गाडी पल्टिँदा १४ जना घाइते,एकको अवस्था गम्भिर

दोलखा । दोलखामा मलामी बोकेका बोलेरो गाडी दुर्घटनामा परेको छ । जिल्लाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरे गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका १४ जना गाउँले घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको दोलखाका प्रहरी निरीक्षक जीवन

फुटेको जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् ।  जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा

ट्याक्टर दुर्घटना हुँदा दैलेखमा १ को मृत्यु, ६ जना घाइते

सुर्खेत । दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिजलुीको पोल बोकेको ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दुर्घटना हुँदा ५५ बर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुल्लु –६ कै ५६ वर्षीय कमारो रावल, ४८ वर्षीय दानबहादुर रावल र ३१ वर्षीय ललित खड्का रहेका छन् । गम्भीर घाइते भएका

उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बिहान प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । यस्तै वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु दुबै जनाले राजीनामा दिएको उपेन्द्रका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै केन्द्रमा यादवले