अब तिमीले मलाई जान देऊ
अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई जान दिनुपर्छ । मलाई बिदाबारी गरिदिनुपर्छ । बिदाइमा आँसु झार्न सुहाउँदैन । मुस्कानमय उपस्थितिमा मलाई जान दिनुपर्छ । कति रहर गुम्स्याउनु, कति भावनाहरूले वेग मार्नु, कति अनुनयविनयको विलाप गर्नु ! आखिर एक दिन त छुट्टिनु नै छ । थाहा छैन, आफूदेखि आफैँ पनि कहाँ पुग्नुपर्ने हो ! कुन दिन के हुन्छ कसैलाई थाहा हुँदैन । जानुपर्ने कहाँ हो यो भवसागरमा, हामी यता