समाचार

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । मन्त्री किरातीले आम जनताका भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार सुरू गरेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय बैठक सम्पन्न भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच काठमाडौंस्थित होटल याक एण्ड एतीमा द्विपक्षीय वार्ता भएको हो । बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको बताइएको छ । भारतीय विदेश सचिव क्वात्रा पराराष्ट्र सचिव पौड्यालको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आज बिहान काठमाडौं आइपुगेका थिए ।

राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रपतिको सवारीका कारण आज अत्यधिक सवारी जाम भएको छ । राष्ट्रपतिले दुवै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले जताततै सवारी जाम भएको हो । राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको छ । काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो तीन बजे बजेपछि संसद् भवन पुगेका थिए । अहिले उनी फर्किसकेका छन्

हामीले जो भन्छौं उही राष्ट्रपति हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति आफूहरुले भनेकै व्यक्ति आउने बताएका छन् । राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा ओलीले भने– ‘हामीले जो भन्छौं उही हुन्छ ।’ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । राष्ट्रपतिबारे सत्ता गठबन्धन दलमा एकमत देखिँदैन । अध्यक्ष ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नको उत्तरमा यतिमात्र भने- हेर्दै जाउँ के हुन्छ ।

राष्ट्रियसभा सदस्य कुमार दसौदीले लिए सपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौदीले सपथ लिएका छन् ।उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।सिंहदरबारस्थित संघीय संसद् सचिवालय भवनमा शपथ कार्यक्रम आयोजना गरिएको थियो । नेकपा (एमाले)का दसौदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनबाट निर्वाचित भएका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले लिए शपथ

धनगढी । सुदूरपश्चिमका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

निहारिका राजपुत र शिवराजले गरे विवाह

काठमाडौं । कुमारी आमाको नामले परिचित निहारिका राजपुतले विवाह गरेकी छन् । उनले प्रेमी शिवराज श्रेष्ठसँग आज जनकपुरको जानकी मन्दिरमा विवाह गरेकी हुन् । विवाहपूर्व नै एक छोराकी आमा बनेकी निहारिकाले शिवराजमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दा विचाराधीन छँदै धनुषा जिल्ला अदालतमा उनले शिवराजसँग मिलापत्र गरेकी थिइन् । आज भएको विवाहमा निहारिकाको माइती परिवार उपस्थित भएनन् । शिवराजसँग प्रेम भएपछि माइतीले उनलाई ‘बहिष्कार’ गरेका थिए

भक्तपुरमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित सडकमा प्रदेश २–००१ च ०४११ नम्बरको गाडीले लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपा नगरपालिका–७ बस्ने १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको छ । बा.२ ख ६६६९ नम्बरको बसलाई ओभरट्याक गरी जाने क्रममा उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र गाडी चालकलाई नियन्त्रणमा लिनुका

मुख्यमन्त्री रावलले आज बिश्वासको मत लिदैँ

धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन । प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । नागरिक उन्मुक्ति

थारू समुदायलाई आरक्षण दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोकसेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरुमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले थारुसहित नयाँ आरक्षित वर्गका लागि जेजस्तो अनुपातमा आरक्षणको व्यवस्था छ, सोही अनुसार सरकारी सेवामा पनि आरक्षण दिन