समाचार

हुम्लामा जिप एक सय ५० मिटर तल खस्यो, ५ जना गम्भीर घाइते

मुगु । हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो । चालकसहित सात जना सवार जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएकामा

वर्षाले कर्णाली राजमार्ग अवरुद्ध,सयौ यात्रु अलपत्र

कालिकोट । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको

'श्रमिकका लागि नेपाली श्रमिक' संघद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार: “श्रमिकका लागि श्रमिक” भन्ने मुल नाराका साथ नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजना तथा बिडब्लूआई,श्रम मन्त्रालय कतार र राष्ट्रिय मानव अधिकार समितीको  सह-आयोजनामा श्रमिक अधिकार,सुरक्षा तथा सु-स्वास्थ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली श्रमिक कल्याणकारी संघ कतारका अध्यक्ष नारायण खपाङ्गी मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका श्रमिक बिभागका श्रम सहचारी टिका मणि न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कानुनी परामर्शदाता एवं प्रतिनिधि राष्ट्रिय मानवअधिकार आयोग

रेश्मी सेन्चुरीको तीज गीत ‘घन्काईदेउ मादलु’ सार्वजनिक

दर्शन सुनार : हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरु धमाधम सार्वजनिक भईरहेका छन । यसै बिचमा रेश्मी सेन्चुरीको “घन्काईदेउ मादलु” सोमबार  सार्वजनिक भएको छ । लामो समय देखि कतारलाई कर्म थलो बनाउदै आएकी दाङ तुल्सिपुरकी गायिका रेश्मी सेन्चुरीले आफनै युटुव च्यानल मार्फत तिज कोशेली सार्वजनिक गरेकी हुन । चेतन गोतामेले म्युजिक अरेन्ज गरेको गितमा गायिका सेन्चुरीले आवाज भरेकी छिन । रामहरी चौलागाईंको शब्दमा मगंल विकले धुन भरेका छन। कतारमै छांयाकन

मेराकी ब्युटी स्यालुनको आयोजनामा तिज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न

दर्शन सुनार/कतार :”मध्य पुर्वको देश कतारमा बिगत एक दशक देखी आफ्नो ब्यवसायी गर्दै आएकी मोरङ जिल्लाकी नानू तामाङले सञ्चालनमा ल्याएको मेराकी ब्युटी स्यालुनले तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै मेराकी ब्युटी स्यालुनकी सञ्चालीका नानु तामाङको सभापतित्व तथा रोज एन्ड हेल्पिङका अध्यक्ष रोज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तिज बिशेष कार्यक्रममा स्थानिय कलाकार रितु थापा, अनिल बिस्वकर्मा,

विराजको ‘१२ गाउँ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको ‘१२ गाउँ’को टिजरबाट चलचित्र बदलाको कथामा बनेको बुझ्न सकिन्छ । फिल्मबाट समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीर

थामेखोलाको बाढीमा फसेका ७ जनाको उद्धार, एक जना बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा- ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले बाढीमा फसेका ७ जनाको उद्धार गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । बाँकी मानवीय क्षतिबारे विवरण आउन बाँकी रहेको उनले बताए । थामे गाउँमा पसेको थामेखोलाको बाढीले १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि

गौरमा धारिलो हतियार प्रहार गरी ७४ वर्षिया वृद्धको हत्या

रौतहट । रौतहटको गौरमा मंगलबारराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।  गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतो (कोइरी) को हत्या गरिएको हो । महतोको शव बुधबार बिहान फेला परेको हो। महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए। महतोको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका गहिरो चोट छन्। उनको शव पोस्टमार्टमको लागि

‘ज्वाई साब’को फस्टलुक सार्वजनिक

काठमाण्डौं । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २४ गते फूलपातिको दिन पारेर प्रदर्शन मिति समेत तय गरेको छ ।  सार्वजनिक गरिएको पोस्टरमध्यको जितु नेपाल र नीति शाहलाई बेहुलाबेहुलीको अवतारमा प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा जितु नेपाल, नीति शाह, बुद्दी तामाङ र हिमेस पन्तलाई देखाइएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको चलचित्रको एक

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम