समाचार

एमाले अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्। बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा जान लागेका हुन्। श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड–७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए। तुलसी संग्रौला ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता हुन् । तीन वर्ष अघि समीक्षाले उनलाई मिर्गौला दान गरेकी थिइन्।

प्रहरीलाई मेरो कुनै हस्तक्षेप हुँदैनः रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई कुनै हस्तक्षेप नहुने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार सम्हालेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘मेरो नागरिकताको विषयमा छानबिन गर्न प्रहरीलाई मेरो सहयोग बाहेक कुनै पनि हस्तक्षेप हुँदैन,’ उनले भने । अन्यायमा परेका जनतालाई गृह मन्त्रालयमार्फत धेरै सहयोग गर्न सकिने भएकाले आफुले गृह रोजेको उनको बताए । राम्रो काम गर्ने सम्झौता गरेर आफु

आठ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ

प्रधामन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएका हुन् । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा उनले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए । प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । आइतबार

प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीको शपथ लिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो । राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको एक प्रधानमन्त्री प्रचण्डका सचिवालयले जनाएको छ । उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनेछन् । प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो । रास्वपाका प्रवक्ता मुकुल ढकालले लामिछाने गृहमन्त्री बन्ने पक्का भएको बताए । ‘सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय सम्हाल्नुहुन्छ । सत्ता गठबन्धनमा सहमति भएको छ,’ प्रवक्ता ढकालले भने । गृह मन्त्रालयमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि

विष्णु पौडेललाई सरकारमा पठाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ । सोमबार बालकोटमा बसेको पदाधिकारी बैठकले पौडेललाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो । उनले उपप्रधानसहित अर्थ मन्त्रालय लिने एमालेका एक नेताले जानकारी दिए । पौडेलले यसअघि पनि अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । उनको शपथ आजै ४ बजे हुँदैछ । शपथलगत्तै उनले

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव केहिबेरमा बस्ने गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराले श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धन बैठकपछि लाग्ने बताए ।

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

काठमाडौं । सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए । रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे शपथ ग्रहण गर्दै छन् ।

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रचण्डलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् । मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको बताउँदै यो मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् । उनले भनेका