समाचार

प्रधानमन्त्री बनाउन देउवासमक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष औपचारिक प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दियो । यसअघि विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीमा आफ्नो

फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् । पछिल्लो पटक उपाधि जित्दा मुख्य भूमिका निर्वाह गरेका एनगोलो कान्टे र पल पोग्बा यसपटक

विश्वकपमा मोरक्कोलाई हराउँदै तेस्रो भयो क्रोएसिया

एजेन्सी । क्रोएसियाले फिफा विश्वकप कतार २०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २-१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो । क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १-१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन । गत संस्करणमा उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल

रामेछापमा गाडी दुर्घटना हुँदा ९ घाइते, हेलिकप्टरबाट तीन जनालाई काठमाडौं ल्याइयो

रामेछाप । रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उमाकुण्ड गाउँपालिका-७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार दिउँसो पौने १२ बजे बा ११ च ७५९१ नम्बरको गाडी आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तीन जनालाई अन्नपूर्ण हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ ।

काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले प्रधानमन्त्री भए आफुसँग मुलुककै कायापलट गर्ने आत्मविश्वास भएको बताएका छन् । काठमाडौं–१ मा पर्ने शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको बताएका हुन । काठमाडौं–१ बाट निर्वाचित सिंहले शनिबार काठमाडौको शंखमुलमा मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोपजत कार्यक्रममा यस्तो बताएका हुन् । उनले काम गर्नका लागि मन्त्री नै हुनु आवश्यक नरहेको समेत बताए । नेता

‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, बागेश्वरीमा केक काटेर मनाइयो

नेपालगंज । भाइटीकाको भोलीपल्ट (कात्तिक ११ गते) बाट प्रदर्शन आएको  चलचित्र ‘महापुरुष’ले शनिबारदेखी काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाएको छ । सो अवसरमा नेपालगंजको वागेश्वरी क्यु एफएक्समा केक काटेर प्रदर्शनको ५१ औ दिन मनाइएको हो । चलचित्र पत्रकारसंघ बांके शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकारसंघ बांके शाखा अध्यक्ष रामचन्द्र पौडेल, वागेश्वरी क्यु एफएक्सका प्रबन्ध निर्देशक संजिव शाक्यले सयुक्त रुपमा ५१ औ दिनको केक

भारतीय सेना नेपाली सेनासँग अभ्यास गर्दै

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘एक्र्ससाइज सूर्य किरण–१६’ रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । सूर्य किरणको १६औँ संस्करण मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका छन् । अभ्यासमा विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समेटिएको नेपाली सेनाले जानकारी दिएको छ । अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको खुद्रा मूल्य भने हाललाई यथावत् राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ

पुष अन्तिम साताभित्र नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी

काठमाडौं । यस पटकको निर्वाचनले कुनै पनि दललाई एकल बहुमतको सरकार गठनका लागि जनमत दिएको छैन । त्यसैले दुई वा दुईभन्दा बढी दलको सहकार्यमा संयुक्त सरकार गठन हुने छ । जनमतले मिलिजुली सरकार गठन गर्नुपर्ने म्यान्डेड दिए पनि सरकार कहिले गठन हुन्छ र कुन–कुन दल मिलेर गठन गर्छन् भन्ने टुंगो लागेको छैन । संविधानको धारा ७६ मा निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३० दिनभित्र प्रधानमन्त्री नियुक्त भइसक्नुपर्ने व्यवस्था

अमेरिकाको सिनेटबाट टिकटक प्रतिबन्ध गर्ने प्रस्ताव पारित

काठमाडौं । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख छ। राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ। चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट