समाचार

चितवनमा दाना उद्योगमा आगलागी, डेढ करोडको क्षती

चितवन । राप्ती नगरपालिका–३ झुरङुरेको एक दाना उद्योगमा आगलागी हुँदा डेढ करोड रूपैयाँ बराबरको क्षति भएको छ । किरण ओलीको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना रहेको गोदाममा विद्युत सर्ट भएर आगो लागेको हो । आगलागीबाट दाना उद्योगको मेसिन, बिजुलीका सामानहरू, गोदाममा राखेको दाना नष्ट भएको चितवन प्रहरीले जनाएको छ । बिहीबार राति १ः४० बजे लागेको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ३ः२० मा नियन्त्रणमा आएको थियो ।

चेपाङ संघको अध्यक्षमा मकवानपुरका गोविन्दराम

चितवन । नेपाल चेपाङ संघको अध्यक्षमा मकवानपुरका गोविन्दराम चेपाङ निर्वाचित भएका छन् । बिहीबार भरतपुरमा सम्पन्न पाचौं महाधिवेशनबाट प्रत्यासी चितवनकी सुनमाया चेपाङलाई पराजित गर्दै ३ वर्षका लागि निर्वाचित भए । गोविन्दरामले १२६ र सुनिमायाले ९२ मत पाए । संघको वरिष्ठ उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ निर्वाचित भए । यस्तै २ सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसिंह

बेलायतकी महारानी एलिजावेथको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो । महारानी एलिवेथ द्धितियको बिहीबार ९६ बर्षको उमेरमा निधन भएको बेलायती राजदरवारले घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उनको निधनको

क्यान्सर अस्पतालमा जेष्ठ नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट: अध्यक्ष मल्ल

खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गर्दै समितिको आन्तरिक स्रोतबाट खर्च ब्यहोर्ने गरी जेष्ठ नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट र विपन्न तथा गरिब सेवाग्राहीलाई सम्वन्धित स्थानिय तहको सिफारिसमा दुई वटा बेड निशुल्क उपलब्ध गराउने निर्णय गरिएको घोषणा गरेका हुन । अध्यक्ष मल्लले भने-` क्यान्सर रोगबाट पीडित भई उपचार गराउँदै

क्यान्सर अस्पताल खजुराका अध्यक्ष मल्लले गरे पदभार ग्रहण

नेपालगंज । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितीको नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले आज पदभार ग्रहण गरेका छन् । क्यान्सर अस्पताल खजुरामा आज एक कार्यक्रमका बिच नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ल, सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुराका जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पुर्याउने बताएका छन् । क्यान्सर अस्पतालमा थप्नुपर्ने पुर्वाधार

यु-१७ साफमा नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपमा भुटानलाई २-१ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रव्रेश गरेकाे हाे । नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे । समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहिवार बिहान आएको नतिजासँगै अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्दै चन्द निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित चन्दले ७६ मत ल्याएका थिए भने पराजित मास्केले ५० मत प्राप्त गरेकी थिइन् । कुल १ सय २८ मत खसेको थियो । यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ८५ मत ल्याउदा

भ्रष्टाचार मुद्दामा कटारीका लेखा अधिकृतलाई ९ वर्ष कैद

काठमाडौं । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद फैसला गरेको छ । ३ फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा भ्रष्टाचार गरेको ठहर भएको हो ।

सम्पत्ति शुद्धीकरणको १८ ऐन संशोधन गरिँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरणको जोखिमबाट बच्न सरकारले १८ वटा ऐनमा संशोधन गर्ने भएको छ। केही नेपाल ऐनमा संशोधन विधेयकमार्फत सरकारले एकैपटक सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित डेढ दर्जन कानुन संशोधन गर्न लागेको हो। कानुनमन्त्री गोविन्द शर्माले मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरे। तर, संसद्को कोरम नपुगेपछि बैठक स्थगित भयो। अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणका विषयमा मुलुकको अवस्थाबारे अनुगमन सुरु गरेसँगै सरकारले कानुन संशोधन गर्न लागेको हो। फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० र

जन्मकैद पाएका रामशंकर एमालेबाट उम्मेदवार

जनकपुरधाम । सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादवलाई एमालेले सिरहा- १ बाट उम्मेदवार सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएको सो क्षेत्रबाट एमालेले प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय यादवलाई उम्मेदवार सिफारिस गरेको छ । गिरिको केहि दिनअघि मात्रै निधन भएको छ । सिरहा जिल्ला अदालतले प्रहरी जवानको हत्या गरेको भन्दै उनीमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर उनलाई