समाचार

पहिरोले घर बगाउँदा म्याग्दीमा २ जनाको मत्यु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् । स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए । गोठे बिकका छोरा राजन र नविनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकले जानकारी दिए । गोठे र

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विभिन्न बिद्येयक प्रस्तुत हुने सम्भावित कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ । जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर

आज नागपञ्चमी नागको पुजा गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।   नाग पूजाको प्रचलन वैदिक कालदेखि नै

भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।   काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।   संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै

मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

चितवन । मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । भरतपुर–२९ केराबारी, ईच्छाकामना–६ र सत्रकिलोमा पहिरो गएको हो । वर्षा नरोकिएका पहिरो पन्छाउन कठिन भएको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । बाटो अवरुद्ध भएपछि काठमाडौं, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।

प्रहरी र गुप्तचरको उच्च पदमा दरबन्दीको खेल

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदमा हचुवाको भरमा दरबन्दी थप्ने चलखेल सूरु भएको छ । भागबन्डा मिलाउन र आफ्ना मान्छेलाई बढुवा गर्न दरबन्दी थप्न लागिएको हो । गुप्तचरमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको एक पद थप्न लागिएको छ । कसलाई बढुवा गर्ने भन्ने विवादमा विभागमा यस्तो पद रिक्त रहदै आएको छ । सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा मिलाउन दरबन्दी थप्न लागिएको हो ।

तीन वर्षपछी भाइको फिल्मबाट कमब्याक गर्दै सोनाक्षी

एजेन्सी। बलिउड अभिनेत्री सोनाक्षी सिंहाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् ।   ‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी

वीरगञ्जबाट ९० लाख रुपैयाँ बरावरको मालसामान वरामद

पर्सा । पर्साको वीरगञ्जबाट ९० लाख रुपैयाँ बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।   बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायतका सामान बोेकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।   विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

समाजवादी केन्द्र बन्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी केन्द्रको निर्माण विषयमा कुनै छलफल नभएको बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही व्यक्तिहरुले समाजवादी केन्द्र बनाउने विषयमा छलफल गरेतापनि माओवादी केन्द्रले त्यस विषयमा छलफल नगरेको जानकारी दिए ।   अहिलेको अवस्थामा वर्तमान गठबन्धनसँगै रहेर आगामी निर्वाचनमा जाने र अहिले गठबन्धनको विकल्प नरहेको उनले बताए । उनले भने, प्रचण्डले भने, ‘यो गठबन्धन