समाचार

एमाले गण्डकी प्रदेश सदस्य माओवादी केन्द्रमा प्रवेश

बागलुङ । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उनीहरुले बताएका छन् । ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र

माझी समुदायवाट गाउँ पालिका प्रमुख पदको पहिलो उम्मेदवार

मकवानपुर । मकवानपुरको बकैया गाउँ पालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट माझी समुदायकी नेतृ लक्ष्मी माझी (कृपा) उमेदवार बनेका छन् । माओवादी जनयुद्धको आधारइलाकाको रूपमा परिचित बकैया गाउँपालिकामा गठबन्धनमा काँग्रेसले सहमति गर्न नमानेपछि माओवादी केन्द्रले सबै पदमा एकल उमेदवारी दिएको हो । पालिकाको उपाध्यक्षमा भक्त खत्रीले उमेदवारी दिएका छन् । खत्री यस अघिको स्थानीय तहको निर्वाचनमा सोहि पालिकामा अध्यक्षको उमेदवार रहेका थिए । माझी समुदायको प्रतिनिधित्व गर्दै पालिका प्रमुखमा

कांग्रेसमा उम्मेदवार टुंग्याउन शीर्ष नेताहरु छलफलमा

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा बसेका छन् । आइतबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । यसअघि शुक्रबार र शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको छलफलमा सहमति जुट्न नसकेपछि आइतबार साढे १० बजेपछि बसेको हो । अहिले नेताहरुबीच छलफल जारी छ । शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक

कक्षा १२ को समय तालिका फेरीयो, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म हुने परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्मका लागि निर्धारण गरिएको थियो । तर परीक्षा बोर्डले समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाएको छ । विभिन्न सरोकारवाला निकायसँगको परामर्शपछि परीक्षा समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।  

सुनको तोलामा चार समयले घट्यो

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु. एक लाख ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. एक लाख ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु. ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख ४००

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुल्ला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी (रु एक अर्ब) को १० प्रतिशतले हुने रु १०० अङ्कित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन सुरु भएको हो । आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनयन दर्ताको समय तोकिएको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन थालेका छन् । ठूला दलहरुले भने उम्मेदवार टुंग्याउनै बाँकी रहेको छ । काठमाडौं महानगरमा दुई

मुम्बईमाथी चेन्नइको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्गसले मुम्बई इन्डियन्समाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेट्टायो । अन्तिम ओभरमा १७ रन चाहिएकोमा चेन्नईका महेन्द्रसिंह धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै टिमलाई जिताए । उनले १३ बलमा नटआउट २८ रन बनाए । यस्तै, चेन्नईका लागि अम्बाती रायडुले ४०, रोबिन उथापाले ३० र ड्वेन

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रतिगमन तत्कालका लागि पराजित भएको तर, पूर्णतः अन्त्य नभएको बताएका हुन् । फाइल फोटो ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक

जिम्बाबेसंग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रवार २३ सदस्यीय टोली घोषणा गरेको छ । सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् । त्यस्तै, विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् । यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । नेपाल र जिम्बाबे ‘ए’ टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुँदैछ । वैशाख १७ गतेदेखि एकदिवसीय