समाचार

आईपीएलमा हैदरावादको लागातार तेस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले लागातार तेस्रो जित निकालेको छ । दुई खेल हारेको हैदरावादले लगातार तेस्रो जित निकालेको हो । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा कोलकाताले दिएको १७६ रनको लक्ष्य हैदरावादले १७।५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटाएको छ । हैदरावादको जितका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रन र एडेन मार्करमले ६८ रनको अर्धशतकीय

अवकाशको मुखमा प्रहरीका उच्च अधिकारीहरु बिदामा

काठमाडौं ।  अवकाशको मुखमा नेपाल प्रहरीका केही उच्च अधिकारी बिदामा बसेका छन् । केही भने फौजी परम्पराविपरीत अन्तिम दिनसम्म पनि बिदामा नबस्ने मनस्थितीमा छन् । एआइजी प्रद्युम्न कार्की बिदामा बसेका छन् । तर, उनका ब्याचका अन्य एआइजीहरु हरिबहादुर पाल, निरज शाही र बसन्त कुमार पन्त भने बिदामा बसेका छैनन् । त्यस्तै, डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु बार्की, गणेश ऐर, पुरुषोत्तम कँडेल लगायत पनि बिदामा बसेका छन् । हालै एआइजी बनेका

क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो समुन्द्रमा

एजेन्सी । बुधवार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो। रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक नै थियो।५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो। किएभले उसका नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो।रुसले

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा औषधिको अभाव

एजेन्सी । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा औषधिको अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । समाचार संस्था एएफपीका अनुसार श्रीलंकाका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका छन् । छिमेकी तथा सहयोगी देशसँग सहयोग माग गर्न पनि उनीहरुको सुझाव छ । दक्षिण एसियाली देश श्रीलंकामा आर्थिक संकटका कारण औषधिसहित अरु अत्यावश्यक वस्तु

सिवाइसी नेपाल लघुवित्तको आइपिओ खुला

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित रु. तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत

प्रसिद्ध घटाल जात्रा आज

डडेल्धुरा । यहाँको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए । कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उनले जानकारी दिए । समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वास छ । गत वर्ष कोरना

'ए मेरो हजुर ४’को प्रिमियर, अनमोल र सुहानाको तारिफ

काठमाडाैँ । आजदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । बुधबार सिटी सेन्टरको बिग मुभिजमा फिल्मको प्रिमियर भव्यताका साथ सम्पन्न भएको हो । प्रिमियरमा यस फिल्मले भरपुर प्रशंसा समेत बटुलेको छ । फिल्म लगायत दिग्गज कलाकारहरूको उपस्थितिमा सम्पन्न भएको प्रिमियरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको अभिनयको तारिफ समेत भएको थियो । यसभन्दा अघि नायक अनमोल केसीको अभिनयमा धेरैले खोट लगाइरहेका

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ४९ सय जनामा एन्टीजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी, १३ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । कुल चार हजार ७१५ परीक्षणमा १९ जना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको

एमाले र राप्रपाविच सहमति, सुर्य चिन्हवाट चुनाब लड्ने

काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । बुधबार एमाले केन्द्रीय कार्यलयमा बसेको छलफलपछि उक्त सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हो । सहमतिका क्रममा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए

सशस्त्र प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई बुधबार गृहसचिव टेकनारायण पाण्डेले दज्र्यानी चिह्नबाट समेत सुशोभन गरे । गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनु भएकोमा उनलाई बधाई दिनु हुँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे । उनले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक