माधव नेपालसहितका १४ जना सांसदविरुद्ध मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहितका १४ जना सांसदविरुद्ध दायर गरेको मुद्दा हेर्न नमिल्नेमा परेको छ । आइतबार उक्त रिटमाथि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही