समाचार

कांग्रेस रौतहटको सभापतीमा संस्थापन पक्षका यादव विजयी

रौतहट । नेपाली कांग्रेस रौतहटको सभापतीमा सुनिल यादव विजयी भएका छन् । पार्टीको १४औं जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट यादव सभापतिमा विजयी भएका हुन् । यादवले जिल्ला सभापतिमा १ हजार ३ सय ६२ मत प्राप्त गर्दा संस्थापनइतरका हृदयनारायण यादवले एक हजार ६४ मत प्राप्त गरे । कांग्रेस रौतहटको सचिव पदमा रामचन्द्र गिरी बाहेक बाँकी सम्पूर्ण पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवार नै विजयी भएका छन् । उपसभापति पदमा संस्थापन पक्षका रामलोचनप्रसाद कललार र

रुस र टर्कीका विदेशमन्त्रीबीच बिहीबार टर्कीमा भेट हुने

काठमाडौं । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको हो । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो । फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका छन् । रुसी विदेशमन्त्री

आगो निभाउने क्रममा एकको मृत्यु, एक जना घाइते

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि

हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ

काठमाडौं। हुण्डी कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको टंकेश्वरीका २३ वर्षीय विक्की खड्गी र भारत दार्जिलिङका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन्। काठमाडौंको मख्खनमा बिमला इन्टरनेसनल प्रालि सञ्चालन गरी नक्कली गरगहनाको कारोबार गर्दै आएका अमित हुण्डी कारोबारमा समेत संलग्न रहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। सोधपुछका क्रममा काठमाडौंको कीर्तिपुर बस्ने विक्की खड्गीको समेत संलग्नता रहेको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुका सम्बन्धमा थप

नेकपा माओवादी केन्द्रमा थपिए केन्द्रिए सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा सोमबारको केन्द्रीय समिति बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो । काठमाडौंमा जारी बैठकमा अध्यक्ष प्रचण्डले थपिएकामध्ये झण्डै आधाजसो नाम वाचन गरेका थिए । केन्द्रीय सदस्यमा छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि मनोनित भएका छन् । रेनु दाहाल यसअघि नै केन्द्रीय सदस्य छिन् । यस्तै,

कांग्रेस सप्तरीको निर्वाचन मंगलबार हुदै

काठमाडौं । नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मङ्गलबार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो । पटक–पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला

ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु

काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर ज्यान गएको पुष्टि भएको छ । बेहोस अवस्थामा भेटिएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको बताएका ललितपुरका प्रहरी प्रवक्ता एवं एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । सुभाष तामाङको अहिले पनि उपचार भइरहेको छ । डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण खासै देखिएको छैन । आइतबार बेलुका खाना खाएर

ईन्धन खरिदका लागी निगमलाई चार अर्ब २५ करोड उपलब्ध गराउने

काठमाडौं । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु चार अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो । गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । पछिल्लो

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो । शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना

इन्चार्ज बमको ठुलो सफलता, पेस्तोल र ९० ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

बाँके। बाँके प्रहरीले अत्याधुनिक स्वचालित पेस्तोल र ठुलो परिमाणमा  ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका १ स्थित प्रहरी चौकी राधापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा खटिएको टोलीले आइतबार दिउँसो ३ बजे ९० ग्राम  ब्राउन सुगर, एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जना युवकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बमको कमान्डमा गएको टोलीले खजुरा गाउँपालिका