युवकको घाँटीमा गोली अड्किदा गम्भीर घाइते
जनकपुर । धनुषामा एक युवालाई प्रहार गरिएको गोली उनको घाँटीमा अड्किएको छ । १८ वर्षीय मुकेश मुखियामाथि प्रहार भएको गोली घाँटीमा लागेर अड्किएको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरमा भएको गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । कमला नगरपालिका ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगि मुखियाको घरमा बस्दै आएका थिए