समाचार

काँग्रेसले बाढी–पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख छ । बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन्

प्रधानमन्त्रीको टोली बाढी प्रभावित क्षेत्रको अवलोकनमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । आइतबार देखि परेको निरन्तर वर्षाका कारण देशमा ठुलो जनधनको क्षति भएको छ । सो क्षेत्रको अवलोकन गर्ने विहीबार विहान ८ बजे प्रधानमन्त्री देउवा काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् । प्रधानमन्त्रीको सचिवालयकासो टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन्

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विहान (विहिबार) सुरु भएको हो । आजको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रहरीकै संरक्षणमा जुवातास फस्टायो

काठमाडौं । चाडपर्व सुरु भएसँगै कोहलपुरमा व्यवसायिक जुवा अखडाहरु बढेका छन् । प्रहरीकै संरक्षणमा यस्ता अखडा निर्धक्क चलेको स्थानीयले बताएका छन् । स्रोतका अनुसार इप्रका कोहलपुरले जुवाबाट मात्र मासिक तीन लाख उठाउने गरेको छ । डिएसपी रबिन्द्र खनालले घुमुवामार्फत पैसा उठाउने गरेका छन् । धेरै पैसा दिने जुवा खालमा घुमुवा प्रहरी नै सेन्ट्री बस्ने गरेका छन् । केही जुवाडेहरु हतियार बोकेर बस्ने गर्दछन् । कसैलाई खबर गरे गोली हान्ने भन्दै

पर्यटकलाई उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका छन् । ‘लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागेका छन् ।

आज देशमा विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए । एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । कार्यालय सचिब तामाङका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको

नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

चितवन । चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् । पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको विष्टले बताए । हाम फाल्ने पुरुषको

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-३ का २३ वर्षीय मोहम्द आशिक र २३ वर्षीय आनिष हवारी रहेका छन् । वीरगञ्ज महानगरपालिका-१५ का रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा अनुन्धानको क्रममा प्रहरी टोलीले उनीहरुलाई बीरगञ्‍ज बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुले मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली चलाउँदै

आन्तरिक पर्यटक बढेसँगै म्याग्दीका होटल भरिभराउ

म्याग्दी । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्”, उनले भने, “दुई वर्षपछि यति धेरै सङ्ख्यामा पाहुना आएका हुन् ।” बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी,