समाचार

लाइसेन्सको ट्रायल भदौ २० गतेबाट हुने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ । विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् । शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो । मन्त्रालयको संख्या टुंगिएपनि कुन-कुन

अर्घाखाँचीमा माइक्रो बस दुर्घटना, एकजनाको मृत्यु

अर्घाखाँची अर्घाखाँचीमा माइक्रो बस (हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ का सन्जय विक रहेको प्रहरीले जनाएको छ । काठमाडौबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको गाडी शितगंगा-३ को आर्मी ब्यारेक नजिकै सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।चालक सहचालकसहित १३ जना यात्रु सवार रहेकामा दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल

नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । ‘हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ”पछिल्लो समयमा निकै धपेडीमा रहेको ज्वरो आएको हुनसक्छ ।’

कैलालीमा शुक्रबारदेखि डल्फिन गणना हुँदै

भजनी । कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिएका छन् । टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ । जमरा कुलो पथरिया

खोलाले कार बगाउँदा चार जनाको मृत्यु, चालक गम्भीर घाइते

घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । भने चालक गम्भीर घाइते छन् । गए राति करिब १० बजेर ५० मिनेटमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन् । खोलाले कार बगाउँदा घोराही उपमहानगर १३

बागलुङ काङग्रेसको महाधिवेशन केही दिन सर्यो

काठमाडौं । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उहाँको भनाइ छ । क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपालीको संख्या १ करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार कुल कूल १ करोड ९२ हजार १६४ जनाले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको विवरण अनुसार पहिलो डोज लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ छ भने दुवै डोज लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई

कक्षा १२ को परीक्षा भदौ ३० बाट हुने

काठमाडौं । कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षा भदौ ३० बाट सञ्चालन हुने भएको हो । सम्बन्धित विद्यालयमा नै परीक्षा हुने गरी बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३

कलाकार निशा घिमिरेको मृत्यु

काठमाण्डौ । कलाकार निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको हो। उनको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छोडेपछि उनको मृत्यु भएको हो।