समाचार

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन्। विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गरे। मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गरे। अविरल वर्षापछि बाढी, पहिरो र

केही जिल्लाका एसपीहरुको सरुवा तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा प्रदेश ट्राफिक कार्यालयका प्रमुखका रुपमा कार्यरत एसपीहरुको सरुवाको तयारी थालेको छ । एक वर्ष अवधि पुगेका जिल्लाका एसपीहरुको सरुवा हुन लागेको हो ।एसपीको सरुवा हुने जिल्लाहरुमा सर्लाही, सप्तरी, पाल्पा, स्याङजा, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी र नुवाकोट छन् । सर्लाहीमा सन्तोषसिंह राठौर, सप्तरीमा राजेन्द्र धमला, पाल्पामा सन्तोष भट्टराई, स्याङजामा होबिन्द्र बोगटी, सिन्धुपाल्चोकमा राजन अधिकारी, पूर्वी नवलपरासीमा प्रकाश मल्ल र नुवाकोटमा तुलबहादुर कार्की कार्यरत छन्

प्रदेश १ मा नेकपाका भीम आचार्य संसदीय दलको नेता चयन

काठमाडौं । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष गौतमद्धारा राजीनामाको घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्न र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको

प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी

काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको छ । आजको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ ।

महन्तको लोसपाले पायो मान्यता

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वैधता पाएको छ । निर्वाचन आयोगले बुधबार साँझ लोसपालाई दल दर्ताको प्रमाणपत्र दिएको हो । सरकारले भदौ २ गते केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा जारी गरेको थियो । सोही दिन ठाकुर पक्षले नयाँ दल दर्ता लागि निवेदन दिएको थियो । बाह्रखरी  

जसपा एक साताभित्र सरकारमा सहभागी हुन्छ: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी एक साताभित्र सरकारमा सहभागी हुने दावी गरेका छन् । पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी नयाँ विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको रुपमा उदयमान भएको दावी गरे । महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै

नेता नेपाल नेतृत्वको पार्टीले आजै दल दर्ता प्रमाणपत्र पाउने

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दल दर्ताको सनाखत सकिएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै निर्वाचन आयोगले बुधबार सनाखतका लागि माधव नेतृत्वलाई बोलाएको थियो । नेकपा एमालेबाट विभाजन भएर नेता नेपाल लगायतका नेताहरुले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् । सनाखत भएसँग माधव नेपाल नेतृत्वको

नेता खनालले नयाँ दल दर्ताका लागि दूतावासमार्फत सनाखत गरे

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् । ‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ । दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए

आज देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अरू प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना