समाचार

प्रदेश नं. २ को प्रमुखमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले प्रदेश नं. २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रदेश २ का प्रमुख डा. राजेश अहिराज झालाई हटाएर नेपाली काँग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हरिशंकरलाई प्रदेश प्रमुख बनाउँने बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । झालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । प्रदेश २ को प्रमुखमा नियुक्त मिश्र २०४८ सालमा प्रतिनिधिसभा सदस्य थिए ।

अफगानिस्तान तालिवानको हातमा छ : राष्ट्रपति अस्रफ

काठमाडौं । देश छोडेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् । घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख पनि बताएका छन् । देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार  बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ

लडाइ विना तालिवानद्वारा राष्ट्रपति भवन कब्जा

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्।त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन ।तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: “अफगानिस्तानमा युद्ध सकिएको छ।””हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,” उनले भने।उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको बताए। राष्ट्रपति गनी कहाँ छन्?

अफगानिस्तानका राष्ट्रपति अशरफले देश छाडे

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । जहाज चढिसकेपछि विदाइको हात हल्लाउँदै घानीले देश छाेडेका हुन् । अलजजिराका अनुसार उनी ताजकिस्तानतर्फ लागेका छन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि राष्ट्रपति र उपराषट्रपतिले देश छाडेका हुन् । तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ ।

धेरै समयको फरकमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखि

काँग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले तीन महिना पछि सारेकाे पाटीकाे महाधिवेशन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।बैठकको  निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५,

देउवा सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्छ, हौसिन जरुरी छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र एवं सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन्। यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ। माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए। परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन्। ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा

कांग्रेस महाधिवेशन तीन महिना पछी हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सरेको छ । आज (शनिबार) बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन सार्ने निणर्य गरको हो । केन्द्रीय सदस्य मीन विश्वकर्मको अनुसार मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि कांग्रेसले भदाै १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस्तै आज बसेको बैठकले भदाै दुई गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । भदौ २

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको जनाएको छ ।

१२ देखि १७ वर्ष उमेरका लागि ४० लाख खोप नेपाल आउँदै

काठमाडौं । १२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाकोनाट ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ । विश्व बैंकको वित्तीय सहयोगमा