महोत्तरीमा आमासँगै बुधबार निस्केका बालकको शव भेटियो
काठमाडौं । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्ला गोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता ए डीएसपी प्रकाश बिष्टले जानकारी दिए । बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका