समाचार

पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडाैं । नेपालमा थप एक हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३१० र एन्टिजेन विधिबाट ५६५ संक्रमित पुष्टि भएको हो । उक्त अवधिमा कूल छ हजार ८५८ पीसीआर र तीन हजार २०८ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ । गत २४

प्रहरी बढुवा फेरी रोकियो

काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकार फेरिदा त्यसको असर नेपाल प्रहरीमा परेको छ । अन्तिम तयारी भएको प्रहरी बढुवा रोकिएको छ । गृह मन्त्रालयले डिआइजी लगायत पदमा बढुवाको तयारी गरेको थियो । तर,सरकार फेरिएपछि बढुवा रोकिएको छ । अब कात्तिकमा मात्र बढुवा हुनेछ । जसकारण लामो समय सयौं पद रिक्त हुने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले बढुवा समितिको बैठक रोकेका थिए । जसअनुसार सयौं प्रहरीको करिअरमा असर परेको छ

आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई जन्मकैद

बाजुरा । बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ । आफ्नै छोरीलाई जवरजस्तीकरण र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले बताएको छ । १४ बर्षिय छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद र ५० हजार नगद जरिवाना तोकेको छ । बाजुरा जिल्ला अदालतले असाढ ३१ गते फैसला गरेको हो

सचिवका दुई पदमा चार सहसचिवको सिफारिस

काठमाडौं ।  निजामती प्रशासनमा सचिवका दुई पदमा चार सहसचिवको सिफारिस भएको छ । वरिष्ठताका आधारमा सहसचिव किरण राज शर्माको सिफारिस भएको छ भने अर्काे पदमा तीन सहसचिवको सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिले रामप्रसाद घिमिरे, हरी कुमार मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरेको हो । घिमिरे अर्थ मन्त्रालयमा कार्यरत छन् भने मैनाली श्रम, रोजगार तथा रोजगार र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वढ्यो

काठमाडौं । सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार सबै भन्दा धेरै काठमाडौंदेखि बाजुरा सदरमुकाम मार्तडी सम्म पाँच सय ७६ रुपैयाँ भाडा बढेको छ। तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट असार २७ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय गरिएको थियो।

सशस्त्र प्रहरीका १५ डिएसपी एसपी बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । शुक्रबार बसेको बैठकले सिफारिस गरेको हो । बढुवा हुनेहरुमा नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकारीहरु छन् । बढुवाको सूचीबारे तय नहुँदा एसएसपी बढुवामा भने निर्णय भएको छैन ।

सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । सर्लाहीमा ७७ किलो लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ । बा.५२ प १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

सुर्खेत । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए । उनका अनुसार कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार

लुम्बिनीका मुख्यमन्त्री नैतिक संकटमा, बजेट पास  समेत अन्यौलमा

वुटवल । लुम्बिनी प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट लगभग पारित नहुने भएको छ । बजेट पारित नहुने भएपछि मुख्यमन्त्री शंकर पोखरेल नैतिक संकटमा पर्ने भएका छन् । लामो समयदेखि मुख्यमन्त्री अल्पमतमा रहेको बताउँदै आएको विपक्षी गठबन्धनले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । आजकाे प्रदेश सभा बैठकमा मन्त्रीहरुले जवाफ दिनेक्रम सकियो भने आजै निर्णयार्थ बजेट पेस हुनेछ । विपक्षी गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस,

एमाले स्थायी कमिटीको बैठक ११ बजे बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आज शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्ने गरी बैठक बोलाइएको हो । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बुधबार आफ्नो निजी निवास बालकोटबाट ओलीको यस्तो उद्घोषले एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ ।