समाचार

अन्तर्राष्ट्रिय उडान भोलिबाट आन्तरिक असार १७ वाट सञ्चालन गरिने

काठमाडौं । सरकारले भाेलिबाट अन्तर्राष्ट्रिय तथा १७ असारबाट आन्तरिक उडान सञ्चालन गर्ने भएकाे छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट सुरु गर्ने निर्णय गरेको हाे । साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । त्यसकाे व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि सुरु गरेका छन्

संसद पुनः स्थापनाको माग सम्बन्धि मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुनेछ । प्रतिनिधिसभा विघटन बिरुद्ध ३० रिट परेकोछ । निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् । इजलासमा जबरा सहित

कोभिड– १९ को उपचार अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानमा मात्र गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने बताए। उनकाअनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा मंगलबारसम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ। सङक्रमितले आफूले निजी अस्पतालमा उपचार गराउन चाहेको खण्डमा भने उपचार

जाजरकोटमा भिरबाट लडेर वडा सदस्यको मृत्यु

जाजरकोट । जाजरकोटमा भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी

एकैपटक प्रहरीका ५२ एसपीको सरुवा (सुचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । ​

एकैपटक ५७ पटक डिएसपीको सरुवा (सुचीसहित)

काठमाडौं । एकैपटक नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

दुई जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । दाङ्गमा रामबहादुर कुरुम्वाङग तथा सप्तरीमा जयनारायण आचार्यलाई पठाइएको छ । दाङका सिडिओ दीर्घनारायण पौडेलले अवकाश पाउन लागेकाले उनलाई हटाइएको हो । त्यस्तै सप्तरीमा कार्यरत फणिन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ । विभागमा महानिर्देशक पद रिक्त दियो । महानिर्देशक द्रोण पोखरेलले गत महिना अवकाश पाएका थिए ।

सर्वोच्चको आदेश : तत्काल मन्त्रीपरिषद विस्तार कार्यान्वयन नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । ‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र

विभिन्न देशहरुलाई अमेरिकाले ५ करोड बढी डोज खोप बाँड्ने

काठमाडौं । संसारका विभिन्न मुलुकलाई संयुक्त राज्य अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने भएको छ । सोमबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको हो । अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने