विशेष समाचार

देशको प्रमुख बनेँ भने सबैलाई अनिवार्य श्रम गराउने छु : हर्क साङपाङ

काठमाडौं : धरानका मेयर हर्क साङ्पाङले आफू देशको कार्यकारी प्रमुख बनेको खण्डमा सबैलाई अनिवार्य श्रम गराउने बताएका छन् । उनले आइतबार एक स्टाटस लेख्दै सो कुरा बताएका हुन् । त्यति मात्रै नभएर अनिवार्य श्रम गरेबापत जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारी दिने समेत बताएका छन् । ‘कोही कसैले फोकटमा घुमेर,गफ लडाएर भात खान पाउने छैन’, उनेल स्टाटसमा उल्लेख गरेका छन् , ‘अधिकार सबैलाई बराबर दिइनेछ। कोही कसैबाट कुटिन र लुटिन पर्नेछैन।’

प्रजातन्त्र दिवसको अवसरमा बाँकेको जमुनाह नाका सरसफाइ

नेपालगन्ज : आज फागुन ७ गते, अर्थात् प्रजातन्त्र दिवस । देशभर ७३ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसैबीच, प्रजातन्त्र दिवसको अवसर पारेर बाँकेको नेपालगन्ज स्थित नेपाल-भारत सिमा नाका ( जमुनाह नाका) सरसफाइ गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जमुनाह नाका सरसफाइ गरिएको हो। उक्त सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल लगायतको पनि सहकार्य रहेको थियो। सिमा नाकामा भएको अनावश्यक फोहोरलाई सफा गरेपछि हाल जमुनाह नाका सुन्दर देखिएको छ।  

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो । नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन

नेपाली सेनाले मनायो सेना दिवस

काठमाडौं । नेपाली सेनाले टुँडिखेलमा सेना दिवस धुमधामका साथ मनाएको छ । नेपाली सेनाले महाशिवरात्रीका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच सेना दिवस मनाउने गरेको छ । नेपाली सेना शनिबार २६०औँ सेना दिवस मनाएको हो । सेना दिवश समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्कीलगायतको उपस्थित रहेको थियो । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् । समारोहमा हेलिकोप्टरबाट राष्ट्रिय

प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा गरेको छ ।आवश्यकता अनुसार प्रहरी निरीक्षकहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने एमालेको तयारी

झापा । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने तयारी गरेको छ । एमाले प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । शनिबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईँले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो । प्रदेश १ कमिटी संयोजक तुलसी न्यौपानेका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पार्टी हितविपरित रहेकाले उनलाई कारबाहीको सिफारिस गरिएको हो । दुर्गा प्रसाईंले केही दिनअघि पूर्वराजा

बाँकेमा गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

खजुरा । बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ । पछिल्लो समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए । उनका अनुसार जिल्लास्थित मनकामना

मधेश प्रदेशसभा बैठक कांग्रेसद्वारा अवरोध

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ । बुधबार संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा कांग्रेसले बैठक अवरोध गरेको हो । संसदीय दलमा अतिथिलाई मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए । प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ । सभामुख रामचन्द्र मण्डलले भने पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न

सीता एयरको काठमाडौं-दाङ उडान आजदेखि सुरु

काठमाडौं । सीता एयरले आजदेखि काठमाडौं–दाङ उडान गर्ने भएको छ । सीताले आजदेखि दाङको टरिगाउँ विमानस्थलमा व्यावसायिक उडान सुरु गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो । सीताले साताका तीन दिन उडान गर्ने प्राधिकरणका सूचना अधिकारी जगननाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार सीताले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ । अहिले यो गन्तव्यमा नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ । निगमले सातामा (आइतबार, मंगलबार, बिहीबार र शनिबार)

तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए । देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन  गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने