विशेष समाचार

शुक्रबार बाट ११ र १२ का विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज खोप लगाउदै

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज शुक्रबार बाट पाउने भएका छन् ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई  शुक्रबार वाट खोप दिइने बताए । यी हुन् खोप केन्द्रहरु : सशस्त्र प्रहरी अस्पताल, बलम्बु वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वीर अस्पताल,

त्रिशुली नदी किनारमा बालकको शव भेटियो

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–८ बर्खेघाट स्थित त्रिशुली नदी किनारमा बालकको शव भेटिएको छ । माछा मार्न गएका स्थानीयले बिहीवार दिउँसो करीब चार बजे शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । खबर लगतै प्रहरी चौकी घ्याल्चोकबाट टोली घटनास्थ्ल पुगेको थियो । पहेलोमा कालो धर्का भएको सुरुवाल र कालो गन्जीमा सेतो लोगो भएको टिसर्ट लगाएको उक्त बालकको नाम,थर र वतन हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘दुई÷तीन दिन अघिको शव

राजनीतिक दलसम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्चमा छ वटा रिट दायर

काठमाडौं । सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राजनीति दलसम्बन्धी अध्यादेश विरुद्ध छ वटा

माधव नेपाललाई वामदेवको साथ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन्। पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन्। पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन्। उनले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य थियो । अध्यादेश ल्याउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले वालुवाटारमा जसपा नेता महन्थ ठाकुरसँगसमेत

बसिरहेको होटल तत्काल छोड्न तालिवानको आदेश

काठमाडाैं । तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारलाई तत्काल छाड्न आदेश दिएको छ । होटलमा रहेका एक सय ५० जना नेपाली सुरक्षागार्ड सहित अन्य विदेशी नागरिकलाई विमानस्थलमा गएर बस्न उर्दी जारी गरेकाे हाे । हाेटलमा नेपालीसहित जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नागरिक छन्न । होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएकाे अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ । टलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा

संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। सरकारले बिजनेस नदिएर संसदललाई बिजनेसविहीन बनाएको थियो। सरकारले सदनलाई बिजनेसविहीन बनाएको भन्दै सांसदहरूले संसद्मा बारम्बार ध्यानाकर्षण गराइरहेका थिए। सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन

अफगानिस्तानमा रहेका नेपालीहरुलाई‌ तत्काल उद्दार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रदेश नं. २ को प्रमुखमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले प्रदेश नं. २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रदेश २ का प्रमुख डा. राजेश अहिराज झालाई हटाएर नेपाली काँग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हरिशंकरलाई प्रदेश प्रमुख बनाउँने बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । झालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । प्रदेश २ को प्रमुखमा नियुक्त मिश्र २०४८ सालमा प्रतिनिधिसभा सदस्य थिए ।

अफगानिस्तान तालिवानको हातमा छ : राष्ट्रपति अस्रफ

काठमाडौं । देश छोडेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् । घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख पनि बताएका छन् । देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार  बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ