विशेष समाचार

मोडल जैसिको  ‘मान्दै मान्दैन मन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । लोकदोहोरी गीतको म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी मोडल टीका जैसीले आफ्नै आवाजमा पहिलो डिजे गीत मन मान्दै मान्दैनको भिडियो सार्वजनिक गरेकी छिन। उक्त गीतमा टिकालाई गायक उमेश मुस्कानले आवाजमा साथ दिएका छन् । जैसीको  आवाजमा पहिलो गीत ‘मान्दै मान्दैन मन’ को भिडियो सार्वजनिक भएको हाे । उमेशकै शब्द र संगीतमा तयार भएको गीतमा चर्चित संगीतकार केशव बडुको संगीत रहेको छ । भिडियोमा नायक पल शाह र  इन्दिरा जैसीले

कला लम्सालको “झिल्के भेना” सार्वजनिक

काठमाडौं । तिज पर्वलाई नेपाली नारीहरुको महान पर्वको रुपमा लिईन्छ ।  साउनको पहिलो साताको सुरुवातसँगै जताततै तिजका भाकाहरु गुन्जिन थालेका छन । यस्तै गायिका कला लम्सालको पातली ३ “झिल्के भेना” सार्वजनिक भएको छ । विगत केही वर्ष अघि पातली नामक गितको अपार सफलता पछि पातली २ “एैना हेरी हेरी” हुँदै यो वर्ष पातली ३ “झिल्के भेना” सार्वजनिक भएको हो । तिज आउदा सबैले सम्झिन्छन गायिका कला लम्साल लाई किनभने उनका

प्रदेश २ सरकारमा माओबादी केन्द्रका दुई मन्त्रीले सपथ लिए

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले सपथ लिएका छन् । माओवादीबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका भरतप्रसाद साह र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् । शनिबार प्रदेश प्रमुख डा. राजेश अहिराजले मन्त्री साहलाई र मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)मा समस्या आएपछि अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ

पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडाैं । नेपालमा थप एक हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३१० र एन्टिजेन विधिबाट ५६५ संक्रमित पुष्टि भएको हो । उक्त अवधिमा कूल छ हजार ८५८ पीसीआर र तीन हजार २०८ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ । गत २४

प्रहरी बढुवा फेरी रोकियो

काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकार फेरिदा त्यसको असर नेपाल प्रहरीमा परेको छ । अन्तिम तयारी भएको प्रहरी बढुवा रोकिएको छ । गृह मन्त्रालयले डिआइजी लगायत पदमा बढुवाको तयारी गरेको थियो । तर,सरकार फेरिएपछि बढुवा रोकिएको छ । अब कात्तिकमा मात्र बढुवा हुनेछ । जसकारण लामो समय सयौं पद रिक्त हुने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले बढुवा समितिको बैठक रोकेका थिए । जसअनुसार सयौं प्रहरीको करिअरमा असर परेको छ

आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई जन्मकैद

बाजुरा । बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ । आफ्नै छोरीलाई जवरजस्तीकरण र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले बताएको छ । १४ बर्षिय छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद र ५० हजार नगद जरिवाना तोकेको छ । बाजुरा जिल्ला अदालतले असाढ ३१ गते फैसला गरेको हो

सचिवका दुई पदमा चार सहसचिवको सिफारिस

काठमाडौं ।  निजामती प्रशासनमा सचिवका दुई पदमा चार सहसचिवको सिफारिस भएको छ । वरिष्ठताका आधारमा सहसचिव किरण राज शर्माको सिफारिस भएको छ भने अर्काे पदमा तीन सहसचिवको सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिले रामप्रसाद घिमिरे, हरी कुमार मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरेको हो । घिमिरे अर्थ मन्त्रालयमा कार्यरत छन् भने मैनाली श्रम, रोजगार तथा रोजगार र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वढ्यो

काठमाडौं । सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार सबै भन्दा धेरै काठमाडौंदेखि बाजुरा सदरमुकाम मार्तडी सम्म पाँच सय ७६ रुपैयाँ भाडा बढेको छ। तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट असार २७ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय गरिएको थियो।

सशस्त्र प्रहरीका १५ डिएसपी एसपी बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । शुक्रबार बसेको बैठकले सिफारिस गरेको हो । बढुवा हुनेहरुमा नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकारीहरु छन् । बढुवाको सूचीबारे तय नहुँदा एसएसपी बढुवामा भने निर्णय भएको छैन ।

सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । सर्लाहीमा ७७ किलो लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ । बा.५२ प १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।