डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा
काठमाण्डौं । उमेर विवादमा मुछिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जागिर धरापमा परेसंगै उनले राजीनामा दिने तयारी गरेका छन् । नागरिकता र सिटरोलमा फरक फरक जन्ममिति भरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेका डीआईजी सिंहले बर्खास्तीमा पर्नसक्ने अवस्था आउनुपुर्व नै राजिनामा दिने तयारी गरेका छन । छानबिन हुँदा बर्खास्त हुने र सेवा सुविधा समेत गुम्ने अवस्था देखिएपछि राजीनामा दिन लागिएको स्रोत बताउँछ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले