समाचार

करिब ४५ जना सवार बस पोखरामा दुर्घटना

पोखरा । आज (आइतबार) कास्कीको पोखरामा बस दुर्घटना भएको छ।  कास्कीको ताल्चोकबाट पोखरा गएको बस आज दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएको छ। ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हुंदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आह्वान

चितवन । निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।। आयोगले सूचना जारी गर्दै फागुन १० गतेदेखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि

सिनेमा 'ए साथी सुन'को शिर्ष गीत रिलिज

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित सिनेमा ए साथी सुनको शिर्ष गीत रिलिज भएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएकोे शिर्ष गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन् । सार्वजनिक गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको सिनेमाको सार्वजनिक गीतको भिडियामा

देशको प्रमुख बनेँ भने सबैलाई अनिवार्य श्रम गराउने छु : हर्क साङपाङ

काठमाडौं : धरानका मेयर हर्क साङ्पाङले आफू देशको कार्यकारी प्रमुख बनेको खण्डमा सबैलाई अनिवार्य श्रम गराउने बताएका छन् । उनले आइतबार एक स्टाटस लेख्दै सो कुरा बताएका हुन् । त्यति मात्रै नभएर अनिवार्य श्रम गरेबापत जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारी दिने समेत बताएका छन् । ‘कोही कसैले फोकटमा घुमेर,गफ लडाएर भात खान पाउने छैन’, उनेल स्टाटसमा उल्लेख गरेका छन् , ‘अधिकार सबैलाई बराबर दिइनेछ। कोही कसैबाट कुटिन र लुटिन पर्नेछैन।’

प्रजातन्त्र दिवसको अवसरमा बाँकेको जमुनाह नाका सरसफाइ

नेपालगन्ज : आज फागुन ७ गते, अर्थात् प्रजातन्त्र दिवस । देशभर ७३ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसैबीच, प्रजातन्त्र दिवसको अवसर पारेर बाँकेको नेपालगन्ज स्थित नेपाल-भारत सिमा नाका ( जमुनाह नाका) सरसफाइ गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जमुनाह नाका सरसफाइ गरिएको हो। उक्त सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल लगायतको पनि सहकार्य रहेको थियो। सिमा नाकामा भएको अनावश्यक फोहोरलाई सफा गरेपछि हाल जमुनाह नाका सुन्दर देखिएको छ।  

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो । नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन

'छक्का पन्जा ४'को ट्रेलर रिलिज

काठमाडौं : आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको सिनेमा ‘छक्का पन्जा ४’को ट्रेलर रिलिज गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानाबाट शुक्रबार ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ३ मिनेट २१ सेकेन्डको ट्रेलरमा कमेडी, राजनीति, समसामयिक विषयवस्तुलाई देखाइएको छ। दिपकराज गिरी, केदार घिमिरे, बेनिशा पौडेल लगायतका कलाकारहरु ट्रेलरमा अटाएका छन् । आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन् । दिपकराज गिरी सिनेमामा कथा र लेखन

नेपाली सेनाले मनायो सेना दिवस

काठमाडौं । नेपाली सेनाले टुँडिखेलमा सेना दिवस धुमधामका साथ मनाएको छ । नेपाली सेनाले महाशिवरात्रीका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच सेना दिवस मनाउने गरेको छ । नेपाली सेना शनिबार २६०औँ सेना दिवस मनाएको हो । सेना दिवश समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्कीलगायतको उपस्थित रहेको थियो । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् । समारोहमा हेलिकोप्टरबाट राष्ट्रिय

प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा गरेको छ ।आवश्यकता अनुसार प्रहरी निरीक्षकहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने एमालेको तयारी

झापा । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाही गर्ने तयारी गरेको छ । एमाले प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । शनिबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईँले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो । प्रदेश १ कमिटी संयोजक तुलसी न्यौपानेका अनुसार प्रसाईंका पछिल्ला गतिविधि पार्टी हितविपरित रहेकाले उनलाई कारबाहीको सिफारिस गरिएको हो । दुर्गा प्रसाईंले केही दिनअघि पूर्वराजा