मुख्यमन्त्रीमा ओली-प्रचण्ड सहमति, एमाले ४, माओवादी २
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री बाँडफाँटमा सहमति जुटाएका छन्। स्रोतका अनुसार सातवटा प्रदेशको मुख्यमन्त्रीमा ४–२–१ का आधारमा भागवण्डा मिलाइएको छ। बुधबार प्रधानमन्त्रीलाई भेट्न खुमलटार पुगेका ओलीसँगको छलफलमा त्यो सहमति भएको हो। एमालेको मुख्य सहयोगमा प्रचण्ड नेतृत्वको सरकार बनाएकोले उसले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने छ। माओवादी केन्द्रले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ। यसैगरी प्रचण्ड नेतृत्वको सरकारलाई