समाचार

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, आरजु र किशोर पनी मन्त्री बन्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । सत्ता समीकरण फेरिएपछि कांग्रेसको भागमा ९ मन्त्रालय परेको छ ।जसमा चार मन्त्रालय संस्थापन इतरका शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई दिइएको छ । कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्। काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । उनले ऊर्जा

स्पेनलाई चौथोपटक युरो कपको उपाधी

स्पेनले युरो कप २०२४ को उपाधि चौथो पटक हात पारेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्ड माथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी कोल पालमर रहेका

त्रिशूलीमा बस दुर्घटना: ८ वटा शव फेला‚ ५ जनाको पहिचान खुल्यो

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका बस खोजीका क्रममा उद्धारमा खटिएका सुरक्षाकर्मीले ८ वटा शव फेला पारेका छन् । शुक्रवार नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा दुईवटा बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका थिए । तीमध्ये ५ वटा शवको पहिचान खुलेको छ भने ३ वटा शवको सनाखत हुन बाँकी रहेको नेपाली प्रहरीले जनाएको छ । गणपति डिलक्स बसमा सवार भारत बिहार सीतामढीका २८ वर्षीय ऋषिपल साह‚ बिहार पश्चिम चम्पा बेतियाथानाका

केपी ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ सोमबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।  नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ।

कतारमा एकैदिन ४ संस्थाबाट सम्मानित भए राजु परियार

दर्शन सुनार/कतार : लोकप्रिय गायक राजु परियार कतारमा सम्मानित भएका छन्।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले आयोजना गरेको बृहत् लोक दोहोरी धमकामा आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका लोक सम्राट परियार एकैदिन ४ संस्थाबाट सम्मानित भएका हुन्। लमजुङ सेवा समाज कतार, दलित एकता सञ्जाल कतार,परियार मित्रता समाज कतार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारले सनैयामा अवस्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा शनिबार साझँ एक कार्यक्रमको आयोजना गर्दै राजुलाई

कतारमा राजु परियारको धमाका

दर्शन सुनार/कतार : लोकप्रिय गायक राजु परियारले कतारमा सांगीतिक धमाका मच्चाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखाको वार्षिक साधारणमा राजुले आफ्नो भव्य प्रस्तुति दिएका हुन्। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसियन स्कुलको सभाहलमा दोहोरी गीत प्रतिस्ठान कतारले आफ्नो साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा नेपाली राजदूतावास कतारमा महामहिम डाक्टर नरेश विक्रम ढकाल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष

भाद्रमा डिआइजीदेखि इन्स्पेक्टरसम्म घर जाँदै

काठमाण्डौं ।नेपाल प्रहरीमा आगामी भदौ दोस्रो सातादेखी ठूलो संख्यामा प्रहरी अधिकृतहरु घर जाने भएका छन । आगामी भाद्र १६ मा डिआइजी विष्णुकुमारी केसी, एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मीले अवकाश पाउँदै छन् । त्यसैगरी एसपीहरु कृष्ण प्रसाईँ, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द

बेपत्ता यात्रुको शव नारायणीमा भेटियो

चितवन । जिल्लाको भरतपुर महानगरपालिका-२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए । नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको

अत्याधुनिक हतियारसहित ३ जना लुटेरा पक्राउ

मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित आइतबार मुगु प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । पक्राउ गरेको ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना