कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा
काठमाडौं । वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने अल ताक्वेत ओभरसिजमा विभागले छापा मारेको हो । अल मेनपावरबाट विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो । अल मेनपावरले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा