समाचार

आजवाट विक्रम सम्वत २०७९ साल सुरु

काठमाडौं । आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन अर्थात नयाँ वर्ष २०७९ साल आजबाट सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने

पुनः उठ्न जनप्रतिनिधिले पदबाट राजीनामा दिन नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले आज सुनुवाइ गर्दै रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको उक्त आदेशसँगै जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने भएको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते निर्वाचन आयोगको जनप्रतिनिधिले पुनः

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ गतेदेखि पोखरामा हुने

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ गतेदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु हुँदैछ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उक्त प्रतियोगिता जेठ २८ गतेसम्म पोखरामा सञ्चालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सो प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यसअघि आठौँ राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा आयोजना भएको थियो ।

बाढी र पहिरोमा परी फिलिपिन्समा ५८ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा बाढी र पहिरोका कारण ५८ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार बुधवारसम्ममा बाढी र पहिरोबाट उक्त संख्याका व्यक्तिको मृत्यु भएको हो । उद्धारकर्ताहरूले हिमपहिरोबाट प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुको भनाइ छ । ‘मेगी’ नाम दिइएको उक्त शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा उल्लेख छ ।

प्रहरीका चार एसएसपी डिआइजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीमा धेरै पछि ज्येष्ठताका आधारमा डिआइजी बढुवा भएको छ । चार रिक्त पदमा ज्येष्ठताक्रमअनुसार अघि रहेका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र चौधरी र मसाउँद आलम खाँ बढुवामा परेका हुन् । उनीहरुमध्ये चौधरीले आगामी १९ बैशाखमा अवकाश पाउनेछन् भने अन्य तीन जनाको जागिर अवधि ११ महिना छ । सिनियर टोलीमध्येका प्रदीप श्रेष्ठ भने बढुवामा छुटेका छन् । जुनियर टोलीका एसएसपी पनि बढुवाको दौडधुपमा रहेकोमा अन्ततः सरकारले

अर्थतन्त्रमा कुनै संकट आएको छैन: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको दाबी गरे । ‘मुलुकको अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन । जसरी अर्थतन्त्रमा संकट आयो भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था

सुनको सिक्रीसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरीले हरेकबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उनले बताए । बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक

पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम गर्ने सरकारको तयारी

काठमाडौँ । पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । सोमबार अर्थमन्त्रलयद्वारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको जानकारी दिए । सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए । उनले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको

सशस्त्रमा निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीलाई

काठमाडौं ।  सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ४ वर्ष सेवा अवधि पूरा गरी सोमबार अवकाश पाएका छन् । सशस्त्रमा चार वर्ष नेतृत्वको अवसर पाउने उनी पहिलो महानिरीक्षक हुन् । एआइजी पुष्पराम केसीलाई नेतृत्व सुम्पेर उनी बिदा भएका छन् । उनको बिदाईमा सोमबार अपरान्ह सशस्त्र प्रहरी मुख्यालयमा सामान्य कार्यक्रम गरिएको थियो । सरकारले नयाँ आइजिपी नतोक्दा एआइजीलाई नै नेतृत्व सुम्पेर उनी बिदा भएका हुन् । मन्त्रिपरिषद् बैठक समयमै बस्न नसक्दा सशस्त्रमा

भरतपुरमा मेयर नपाए गठबन्धन छोडेर एक्लै प्रतिस्पर्धामा जाने कांग्रेसको निर्णय

चितवन । सत्तारुढ दल नेपाली कांग्रेस जसरी पनि चितवनको भरतपुर महानगरपालिका आफ्नो पक्षमा पार्ने निर्णयमा पुगेको छ । हाल नेकपा माओवादी केन्द्रका रेणु दाहालले नेतृत्व गरिरहेको भरतपुर महानगर आगामि निर्वाचनमा आफ्नो पक्षमा पार्न चितवन कांग्रेस आक्रमक रुपमा प्रस्तुत भएको छ । केन्द्रमा सत्तारुढ दलले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेपनि कांग्रेस चितवनले भने भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरेको छ । जसरी पनि भरतपुर कांग्रेसको भागमा