एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । नुवाकोट वेलकोटगढी नगरपालिका– १ का वडा अध्यक्ष सुब्बा तामाङ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार वडाध्यक्ष तामाङसहितका एक सय बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडाध्यक्ष तामाङ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका र खादा लगाएर स्वागत गरेका थिए । विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुमा शिक्षक आन्दोलनका अगुवा श्रीराम पाण्डेदेखि नेकपा एमाले, नेपाली कांग्रेस