समाचार

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् । माल्यार्पणका लागि केही राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि त्यहाँ पुगेका थिए ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८० हजार जनामा कोरोना संक्रमण

काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । सोमबार कोभिड-१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको

रुकुमकोटमा आगलागी नियन्त्रण नमुना अभ्यास प्रदर्शन

रुकुमकोट । रुकुम पूर्वमा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास गरिएको छ । जिल्ला विपद ब्यवस्थापन समिति रुकुम पूर्वको आयोजनामा आईतबार सिंस्ने गाउंपालिका ५ स्थित नयां बसपार्कमा आगलागी नियन्त्रण सम्बन्धी नमुना अभ्यास गरिएको हो । आगलागी भएमा सुरुवाती अवस्थामा कसरी कुन साधन प्रयोग गरी निभाउन र नियन्त्रण गर्ने, आगोमा परी मृत्यु तथा घाईते भएकाहरुको उद्धार,उपचार पद्धति,बिस्थापित परिवारलाई कसरी पुर्नःस्थापित तथा राहत वितरण गर्ने लगाएतका बिषयमा नमुना अभ्यास गरिएको थियो । सशस्त्र

सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानूनी कारवाही समेत हुने आयोगले बताएको छ ।

श्रोत नखुलेको १४ लाख ५० हजार सहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको औरैयाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको साढे चौध लाख रकम बरामद गरेको छ । ईशनाथ नगरपालिका-२ स्थित नेपाल भारत सिमाक्षेत्रको मनमोहन गेटबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा श्रोत नखुलेको १४ लाख ५० हजार रुपैंयाँ सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला तेलहराकला ७ का ३९ वर्षीय संजय कुमार जयसवाल रहेको ११ नम्बर गणका गणपति उपरिक्षक

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिस

काठमाडौं । कोरोना संक्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको संक्रमण विस्तार भएको तथा देशव्यापी रुपमा संमितको संख्या बढोत्तरी भएपछि सीसीएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको

नेपालमा २७ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा हालसम्म २७ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । आइबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुन् । उनले ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिन् । उनले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि प्रदेशहरुमा जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताइन् । उनले ओमिक्रोनबाट बच्न खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने नै रहेको बताइन्

आत्महत्या दुरुत्साहनमा एक जना पक्राउ

स्याङ्जा । आत्महत्या दुरुत्साहन कसूरमा संलग्न रहेको अभियोगमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका-१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर आत्महत्या दुरुत्साहन कसूरमा

कक्षा ११ को आंशिकतर्फको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो । परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

दक्षिण अफ्रिकाद्वारा भारत सात विकेटले पराजितक

काठमाडौं । दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले पराजितक गरेको छ । यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुनेछ । पहिलो टेष्ट भने भारतले जितेको थियो । जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो । कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकालेको थियो । भारतले