समाचार

नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको अधिवेशन सम्पन्न

बर्दिया : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। विविध कारणबस शनिबार अधिवेशन हुन नसकेका वडाहरुमा आइतबार गरिएको छ। यसैबीच, नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको पनि अधिवेशन सम्पन्न गरिएको छ। ठकुरबाबा नगरकमिटीमा ९ वटा वडा छन् । सम्पुर्ण वडाहरुको उत्साहजनक तरिकाले अधिवेशन सम्पन्न भएको बताइएको छ। अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लगायत सदस्यहरु निर्वाचित भएका छन् । ठाकुरबाबा नगरपालिका का ९ वटै वडामा

राप्रपाको ५४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय

एमालेको ६ हजार वडा कमिटीको अधिवेशन सकियो

काठमाडौं । नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिए । “करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक

पाँचथरमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

पाँचथर । यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२

सुर्खेतमा लागु औषध सहित एक जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरोको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट कोलडाँडा भन्ने स्थानमा बस्ने २८ वर्षीय खिमबहादुर बुढालाई पक्राउ गरेको हो । शनिबार बिहान ८:३० बजेको समयमा उनी सोही स्थानको एक नास्ता पसलभित्र शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो । शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको दाहिने

तालिवानद्वारा पत्रकारहरूमाथि आक्रमण

काबुल । काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न भन्दै नारा लगाएको थियो । “हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ,” भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३०

बाढी पहिरोमा परी मृत्यु भएकाहरुको शव परीक्षण नगरी दाहसंस्कार गरिने

पाँचथर । पाँचथरमा बाढी तथा पहिरोमा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो । यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो) कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ । सम्बन्धित वडाको वडाध्यक्षको

बाढीपहिरोमा परी १०१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार

एमालेको १०औं महाधिवेशन चितवनमा हुने

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन हुने स्थान परिवर्तन भएको छ । आगामी मंसिरमा बुटवलमा गर्ने निर्णय गरेको एमालेले स्थान परवर्तन गर्दै चितवनमा गर्ने निर्णय गरेको हो । विहीबार बसेको स्थायी कमिटी बैठकले १०औं महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बिहीबारको बैठकले १०औं महाधिवेशन सफल पार्न नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको पनि ज्ञवालीले जानकारी दिए । एमालेले

बागमती प्रदेशमा कांग्रेस र नेकपा (एस)ले आधा–आधा समय सरकारको नेतृव गर्ने

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आधा–आधा समय सरकारको नेतृतव गर्ने भएका छन् । पाँच दलीय गठबन्धनमा रहेका शीर्ष नेताहरुबीच यस्तो सहमति भएको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । अल्पमतमा रहेका मुख्यमन्त्री विश्वासको मत पाउने सम्भावना छैन । बागमतीमा पाँचदलीय गठबन्धनको बहुमत रहेकाले अगामी सरकारको नेतृत्व कांग्रेस र एकीकृत समाजवादीले गर्ने दाबी गर्दै आएका थिए । सुरुमा