चौथो मगर भूम्या पर्व कतारमा भव्य तरिकाले मनाईयो
दर्शन सुनार/कतार : “नेपाल मगर साँस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारले चौथो मगर भूम्या पर्व २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष ओम थापा मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार